सोलुखुम्बु जिल्ला अस्पतालमा आउने बिरामीको चाप बढ्यो

सोलुखुम्बु, चैत्र १०


सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण स्वास्थ्य चेक जाँच गर्न आउनेको संख्यामा वृद्धि भएको हो ।

जोखिम बढेको भन्दै सामान्य ज्वरोको बिरामी भएकाहरु पनि परिक्षणका लागि अस्पताल आउने गरेको निमित्त कार्यालय प्रमुख सानी शेर्पाले बताईन ।

पहिले रोगको उपचार तथा नियमित स्वास्थ्य परिक्षणका लागि दैनिक ३० देखि ३५ जना आउने अस्पतालमा अहिले ८० देखि ९० जना सम्म बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

अस्पतालले कोरोना संक्रमणको शंका लागे उपचारका लागि ७ बेडको आईसोलेसन वार्ड समेत स्थापना गरिएको छ

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!