सोलुमा छैन ओखरको व्यवसायिक खेति

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, कार्तिक ५
सोलुखूम्बु जिल्लामा व्यवसायिक रुपमा ओखर खेति नहुँदा वर्षेनि बाहिर जिल्लाबाट हजारौ रुपैयाको ओखर आयत हुने गरेको छ । तिहार नजिकिदै गर्दा जिल्लामा तराईका जिल्लाबाट दन्ते ओखर भित्रने गरेको छ । जिल्लाको नेचा–सल्यान, तिङला र देउसामा आंशिक रुपमा उत्पादन भएपनि व्यवसायिक रुपमा उत्पादन नहुँदा ओखर बाहिरबाट आयात हुने गरेको हो । सिजनमा एक चोटि मात्र बिक्रि हुने र लामो समयसम्म उपभोगमा नआउने भएकाले व्यवसायिक खेति नगरेको कृषकको भनाई छ ।

फाट्टफुट उत्पादन भएको ओखर पनि रुखबाट झारेर बजार सम्म ल्याउनका लागि धेरै लागत र समय लाग्ने भएकाले पनि यसको व्यवसायिक खेति तर्फ कसैले ध्यान नदिएको सल्यानका सुरेश बस्नेत भनार्ई छ । जिल्लाका अधिकांस स्थानियतहले अन्य तरकारी, बाली तथा फलफुल खेतिका लागि अनुदानको व्यवस्था गरेपनि ओखर खेतिका लागि कुनै पहल नगरेको बस्नेतले बताउनुभयो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!