सोलुखुम्बु : जबरजस्तीकरणी आरोपमा एक यूवक पक्राउ

सोलुखुम्बु, साउन १८


सुस्त मनस्थिती भएकी एक महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा सोलुखुम्बुका एक यूवक पक्राउ परेका छन् ।

साउन १७ गते दिउँसो २ बजेको पेरिफेरीमा स्थानीय एक सुस्त मनस्थितीभएकी ३६ बर्षिय महिलालाई जबरजस्तीकरणी गरेको सूचनाको आधारमा सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाका २० बर्षिय यूवक मनोज बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक मन्दिप चौहानले जानकारी दिए ।

आरोपी बस्नेत जबरजस्तीकरणीमा संलग्न भएको देखेका एक प्रत्यक्षदर्शी र पिडित परिवारको सूचनाको आधारमा आइतबार उनलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

पिडक भनिएका बस्नेतलाई अनुसन्धान गरि कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरी निरिक्षक चौहानको भनाई छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!