सोलुखुम्बु : घरेलु तथा साना उद्योग अन्तरगत बजार अनुगमनको बजेट फ्रिज

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, साउन १४

घरेलु तथा साना उद्योगको कार्यालय सोलुखुम्बुले गत आर्थिक वर्षमा बजार अनुगमन शिर्षकको बजेट समयमै खर्च गर्न नसक्दा आधा बजेट फ्रिज भएको छ ।

प्रदेश १ सरकारको उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत आर्थिक वर्ष २०७६–७७ मा पठाएको ३ लाख रुपैयाँ मध्ये १ लाख ५० हजार बजेट फ्रिज भएको हो । बाँकी १ लाख ५० हजार बजार अनुगमन र जिल्ला समन्वय समितिको बैठकमा खर्च भएको कार्यालयले जनाएको छ ।

सल्लेरीमा गत आर्थिक वर्षमा चाडपर्व र लकडाउनको समयमा २ चोटी अनुगमनमा खटिएका कर्मचारी र जिल्ला समन्वय समितिमा २ पटक आयोजना गरिएको बैठकमा आएका कर्मचारीलाई चिया खाजामा खर्च भएको प्रमुख कपिलमणी दाहालले बताए ।

बजारमा म्याद नाघेका बस्तु बिक्रि भईरहेको गुनासो आएपनि ३ चोटी बजार अनुगमन गर्ने लक्ष्य राखेको कार्यालयले २ पटक मात्रै अनुगमन गरेको हो ।

चालु आर्थिक वर्ष २०७७–७८ माभने प्रदेश सरकारले बजार अनुगमनका लगि २ लाख बजेट पठाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!