सोलुखुम्बु खुला दिशामुक्त जिल्ला घोषणा

सोलुखुम्बु, असोज ३

संविधान दिबसको अबसर पारेर सोलुखुम्बु जिल्लालाई मूलुककै ७६ औ जिल्लाको रुपमा खुला दिशा मुक्त क्षेत्र घोषणा गरिएको छ । ‘एक घर एक चर्पी’ निर्माण सकिएको र सन् २०३० सम्म जिल्लालाई पुर्ण सरसफाईयुक्त जिल्ला घोषणाको प्रतिबद्धता सहित सोलुखुम्बुलाई प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’ले खुला दिशा मुक्त क्षेत्र घोषणा गरेका हुन् । खुला दिशा मुक्त घोषणा हुन बाँकी सोलुदुधकुण्ड नगरपालिकासहित एकैसाथ जिल्ला घोषणा गरिएको छ । सरकारले यहि असोज १३ गते नेपाललाई नै खुला दिशा मुक्त घोषणा गर्ने तयारी थालेको छ ।

संविधान दिबस र खुलादिशामुक्त क्षेत्र घोषणाको मिश्रित कार्यक्रम शुरु अघि सल्लेरी बजारमा बृहत ¥यालीको आयोजना गरिएको थियो । उक्त ¥यालीमा तिनै तहका जनप्रतिनिधि, कर्मचारी, प्रहरी, शिक्षक, विद्यार्थी सहित नागरिकको उत्साहपुर्ण सहभागीता रहेको थियो । उनीहरुले संविधान कार्यान्वयन र सरसफाईको पक्षमा नारा लगाएका थिए ।

¥यालीपछि जिल्ला समन्वय समिति परिसरमा आयोजित औपचारिक कार्यक्रममा प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’ले विकासमा जस लिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । संविधान कार्यान्वयनका चरणमा देखिएका चुनौतिको सामना र सम्बृद्ध नेपालको सपना साकार पार्नका लागि आमनेपाली एक हुनुपर्ने सांसद राईको भनाई थियो ।

प्रदेश सभासदस्य बुद्धिकुमार राजभण्डारीले लोकतान्त्रिक गणतन्त्रलाई तहसनहस पार्नका लागि केही तत्वहरु लागि परेकाले त्यस्ता तत्वलाई निस्तेज पार्न तर्फ लाग्नुपर्ने बताए । उनले तिनैतहका जनप्रतिनिधिहरुको समन्वयको अभावमा विकासले गति लिन नसकेको बताए । अर्का प्रदेश सभा सदस्य उत्तम कुमार बस्नेतले नेपालको संविधानले सबैलाई समान रुपमा अधिकार दिएकाले अत्तालिनु आवश्यक नरहेको बताए । नयाँ नेपाल निर्माणका लागि भष्ट्राचार मुख्य चुनौतिको रुपमा देखिएकाले सबै मिलेर अघि बढ्नुपर्ने सांसद बस्नेतको भनाई छ ।

संविधान दिबस विशेष तथा खुला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले खुला दिशामुक्त नगरपछि पुर्ण सरसफाईको यात्रामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले नागरिकको विकास प्रतिको चाहना पुर्तीका लागि पुर्वाधार निर्माणमा नगर अग्रपंक्तिमा रहेको दाबी गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, नेकपा जिल्लाअध्यक्ष मानवीर राई, नेपाली कांग्रेसका नेता कुशराज राई लगायतले आ–आफ्ना धारणा राखेका थिए । जिल्ला समन्वय समितिका संयोजक वीर कुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान दिबसको आयोजित खेलकुद प्रतियोगीताका विजेता र खुलादिशामुक्त क्षेत्र घोषणामा सहयोग गर्ने गैसरकारी संस्था र संचारमाध्यमहरुलाई पुरस्कार तथा प्रशंसापत्र वितरण गरिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु