सोलुखुम्बु : कोरोना संक्रमण जोखिमका कारण धार्मिक स्थलमा मेला नलाग्ने

सोलुखुम्बु, साउन १७


जनैपुर्णिमाको अवसरमा लाग्ने मेला यो वर्ष सोलुखुम्बुका धार्मिक स्थलमा मेला नलाग्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस संक्रमण जोखिम भएकाले अघिल्ला वर्षहरुमा लाग्दै आएको मेला नलाग्ने भएको हो ।

सोलुदुधकुण्ड नगरपालिका १ स्थित टाक्सिन्दुमा रहेको दुधकुण्ड पोखरीमा यो पटक मेला नलाग्ने सोलुदुधकुण्ड नगरपालिकाले जनाएको छ । यद्यपी, नगरपालिकाले धैरै भिडभाड हुने भएकाले मेलामा रोक लगाएको भएपनि दर्शनार्थिहरु तिर्थस्थल तिर लागेका छन् । त्यस्तै, सोलुदुधकुण्ड नगरपालिकै वडा नम्बर ४ स्थित सानो दुधकुण्डमा पनि मेला नलाग्ने तर दर्शनार्थिलाई भने निर्वाध रुपमा दर्शनका लागि दिईने जनाईएको छ ।

ठुलो दुधकुण्ड पुग्न नसक्नेले सानो दुधकुण्डमा पुगिदर्शन गरेमा मनोकांक्षा पुरा हुने विश्वास रहि आएको छ । उता, थुलुङ दुधकोशी गाउँपालिका ७ को सिरानमा रहेको जालिम मन्दिर र पोखरीमा पनि मेला नलाग्ने भएको छ ।

कोरोना कहरका कारण सो क्षेत्रमा मेला नलाग्ने तर त्यहाँ पुग्ने तिर्थयात्रिले भने दर्शन गर्न पाउने जालिम बजार व्यवस्थापना समितिका सदस्य गोपाल घिमिरेले बताए । त्यस्तै जिल्लाको नेचासल्यान गाउँपालिका स्थित सुकेपोखरी क्षेत्रमा पनि बर्षनि रुपमा लाग्दै आएको हाट यस वर्ष नलाग्ने भएको छ ।

तर भक्तजन मन्दिरमा पुगेर दर्शन गर्न सक्ने सुकेपोखरी जालपादेवी बजार व्यवस्थापन समिति अध्यक्ष दयाराम कटेलले बताए । तर सोलुदुधकुण्ड नगरपालिका ८ स्थित चाँगेस्थानमा सुरक्षा सर्तकता अपनाएर मेला लाग्ने भएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!