सोलुखुम्बुमा कर्मचारी अभावमा समस्या के छन् ? कत्ति छन्, वडा देखि पालिका सम्म कर्मचारी ?

हिमाल एफ एम, सोलुखुम्बु माघ ३ – सोलुखुम्बुका अधिकांश गाउँकार्यपालिका तथा वडा कार्यलयमा कर्मचारी अभाव हुदा काम प्रभावित भएको छ । स्थानिय तहको निर्वाचन सकिएको ६ महिना विति सक्दा पनि कार्यलयमा कर्मचारी नहुदा कार्य सम्पादनमा समस्या हुने गरेको जनप्रतिनिधिको गुनासो छ । कर्मचारी अभाव मै जनताले चाहे अनुसारको विकासका कामलाई तिब्रता दिन नसकेको, यथार्थ जनप्रतिनिधिले दर्शाएका छन् ।

५ वटा वडा रहेको महाकुलुङ गाउपालीकामा एक जना पनि वडा सचिव छैनन् । वडा सचिव मात्रै होईन भुकम्प पछिको पुनर्निर्माणका लागि त एक जना ईन्जिनियरले पनि गाउँपालिका टेकेका छैनन् । वडा सचिव खाली हुँदा कार्यलयबाट प्रदान हुने सामान्य सेवा लिन पनि सेवा ग्राहिलाई समस्या हुने गरेको गाउँपालिका अध्यक्ष सागर किराँती बताउँछन् ।

सिंहदरबारको अधिकारको अभ्यास स्थानिय तहबाटै हुने गरि , गरिएको नयाँ सघिंय संरचनामा प्रशासनिक कर्मचारीको अभाव हुदा सेवा प्रवाह मात्रै नभई सिंगो विकास निर्माण प्रभावित छ । नेचा सल्यान गाउपालिका का अध्यक्ष डुफ कुमार बास्तोलाले सम्बन्धित निकायमा यो बिषयमा पटक पटक कुरा पु¥याए पनि समाधान नआएको गुनासो पोख्छन् ।

७ वटा वडा रहेको दुधकोशी गाउँपालिमा पनि एक जना सचिवले मात्रै वडाको काम धानीरहेका छन् । उता थुलुङ दुधकोशि गाउँपालीकाको हालत पनि त्यस्तै छ । स्थानिय तहका अधिकार निर्देशनका लागि निश्चित कानुन नभईरहेको अवस्थामा कर्मचारी समायोजन अर्का चुनौतिको बिषय बनेको छ । गाउँपालिकाका अध्यक्ष असिम राई काम प्रभावित हुने बताएँछन् ।

स्थानिय तहमा कर्मचारी व्यवस्थापनमा ढिलाई हुदा जनप्रतिनिधिका चुनावी प्रतिबद्धता पुरा हुन सकेका मात्रै छैनन् जनतामा नयाँ ब्यवस्था प्रतिको निराशाको अंकुरन पनि हुन थालेको छ । केन्द्र सरकारले अधिकार स्थानिय तहमा पुर्याएको भएपनि त्यस्को प्रयोग र सञ्चालनका लागि जनशक्ति ब्यवस्था नगरिदिँदा निर्वाचित जनप्रतिनिधहरुले पाएको अधिकार निल्नु र ओकल्नु जस्तै भएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु