सोलुखुम्बु, ओखलढुंगा र खोटाङका कोरोना संक्रमितलाई रुम्जाटार अस्पतालको आइसोलेसनमा राखिने

नवराज कार्की,
ओखलढुंगा, साउन २९


सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा भेटिने लक्षण नदेखिएका कोरोना संक्रमितलाई जिल्लाको रुम्जाटार अस्पतालको आइसोलेसनमा राखिने भएको छ ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले आइसोलेसन व्यवस्थापन गरेर तीन जिल्लाका संक्रमित राख्न निर्देशन दिएको छ ।

मन्त्रालयको निर्देशन अनुसार हाल आस्पतालको क्वाटर भवनमा १२ शैय्याको आइसोलेसन तयार भइसकेको जिल्ला अस्पताल रुम्जाटारका मेडिकल सुरपरिटेण्डेन्ट सन्तोष देवले बताए ।

मन्त्रालयले २० शैय्याको आइसोलेसन तयार गर्न निर्देशन दिएको छ ।

आइसोलेसनको बाँकी शैय्या निर्माणका लागि अस्पतालसँगैको सार्वजनिक प्राथमिक विद्यालय र वन कार्यालयको भवन प्रयोग गर्ने अवस्था आएको देवको भनाई छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!