सोलुखुम्बु : एक वर्षमा १ करोड ३४ लाख बढिको चामल बिक्री

सोलुखुम्बु, साउन ९


जिल्ला खाद्य संस्थान सोलुखुम्बुले एक वर्षमा १ करोड ३४ लाख भन्दा बढिको चामल बिक्रि गरेको छ ।

आर्थिक वर्ष २०७६–७७ मा जिल्लाको सोताङ, लुक्ला र सल्लेरी डिपोबाट १ करोड ३४ लाख ९१ हजार ४७० रुपैयाँको जापनिज, सोना मनसुली र जिरा मसिना चामल बिक्री गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७५–७६ को बाँकि ३५९ क्वीन्टल र गत आर्थिक वर्ष २०७६–७७ को २ हजार ७४० क्वीन्टल मध्ये २ हजार ७९९ क्वीन्टल चामल बिक्रि गरेको संस्थानका प्रमुख शम्भु प्रसाद रेग्मीले बताए ।

अहिले खाद्य संस्थानमा ३०४ं क्वीन्टल चामल मौज्दात रहेको संस्थानका प्रमुख रेग्मीको भनाई छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!