सोलुखुम्बु : आलु उत्पादनमा गिरावट

सोलुखुम्बु, साउन २१


हिमाली जिल्ला सोलुखुम्बुमा आलु उत्पादनमा गिरावट आएको छ । जिल्लाको ८ वटै स्थानीय तहको अधिकांश स्थानमा खेति हुने आलु प्रतिहेक्टर ३ मेट्रिकटनले घटेको हो ।

कृषि ज्ञान केन्द्र सोलुखुम्बुका अनुसार जिल्लामा आलु उत्पादनको क्षेत्र बढेपनि आलु उत्पादनमा गिरावट आएको हो । आकाशे पानी धेरै परेपछि डढुवा लगायतका रोग लागेकाले उत्पादन घटेको आँकलन गरिएको छ ।

कतिपय स्थानमा पानीकै कारण आलु कुहिएको कृषकहरुले बताएका छन् । कृषि ज्ञान केन्द्रमा रहेको तथ्याङक अनुसार आर्थिक वर्ष २०७६–७७मा १० हजार ९९ हेक्टर जमिनमा १ लाख ३१ हजार २८७ मेट्रिकटन आलु उत्पादन भएको थियो ।

गत आर्थिक वर्षमा प्रतिहेक्टर १३ मेट्रिकटनका दरले आलु उत्पादन भएको छ । यो अघिल्लो आर्थिक वर्ष २०७५–७६ को भन्दा ३ मेट्रिकटनले कमी हो ।

सोही आर्थिक वर्षमा १० हजार ९६ हेक्टर जमिनमा प्रतिहेक्टर १६ मेट्रिकटनका दरले १ लाख६२ हजार २९६ मेट्रिकटन आलु उत्पादन भएको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!