‘सोलुखुम्बु आउनु है हजुर’को लोर्कापण

हिमाल एफ.एम.
सोलुखुम्बु, पस १

मंसिर २९ गते राजधानीमा ‘सोलुखुम्बु आउनु है हजुर’ गीतको लोर्कापण गरिएको छ ।

संस्कृत, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले उक्त गीतको लोर्कापण गरेका हुन् । मन्त्री अधिकारीले सोलुखुम्बु विश्वकै पर्यटकीय गन्तव्य भएको बताए । उनले ‘सोलुखुम्बु आउनु है हजुर’ले आन्तरिक तथा बाह्रय पर्यटनलाई बढवा गर्न सहयोग पु¥याउने बताए । उनले भने, ‘पर्यटन बर्ष २०२० लाई विशेष बनाउन सहयोग पुग्नेछ ।’

लोर्कापण कार्यक्रममा प्रनिनिधि सभा सदस्य हेम कुमार राई ‘सुुरवीर’, प्रदेश सांसद उत्तम कुमरा बस्नेत, पुर्वमन्त्री बल बहादुर केसी लगायतको उपस्थिती रहेको थियो ।

सोलुखुम्बुको सोताङमा जन्मेकी डा. रेणुकाको गीत लेखन, जसिहाङ राईको संगीतमा तयार भएको गीत ‘सोलुखुम्बु आउनु है हजुर’मा राई र जेनी खालिङले स्वर भरेका छन् ।

लेखिकाले जन्मभूमिको मायाले ओतप्रोत भएर जिल्लाका विविध स्थान, भेग र संस्कार र जातिलाई समेत गीत मार्फत परिचित गराउने कोशिस गरेकी छिन् । पर्यटकीय स्थल पाँचपोखरी र दुधकुण्ड पोखरी मात्र हैन्, सुनपाती लगायतका वनस्पतिले पनि जिल्लाको परिचयलाई जोड्न भ्याएकी छिन् ।

जिल्ला भएर बग्ने दुधकोशी, हुँगा नदिलाई पनि सम्झन भ्याएका लेखिका डा. रेणुकाले खुम्बु क्षेत्रका संभावनाको वयान पनि गर्न भ्याएकी छिन् । जिल्लाबासीको मिठो बोलीबचनलाई पनि लोभलाग्दो संगीतका तुलनाले बाँध्न भ्याएकी छिन् ।

लेखिकाले लामजुरा, पत्ताले, जालिम पोखरी, ज्वालामाई मन्दिर, सगरमाथा, नुम्बुर हिमाललाई गीतमा समाबेश गरेर जन्मभुमि सोलुखुम्बुलाई स्वर्गको बगैँचासंग तुलना गरेकी छिन् ।

गीति भिडियोलाई गाउँले ईन्टरटेन्टमेन्ट प्रा.लि.ले डिजिटल बजारमा उपलब्ध गराएको छ । गीतमा समाबेश स्थान, क्षेत्र र भुगोलको दृष्य सोही स्थानमा पुगेर खिचिएको छ ।

भिडियोमा विभिन्न क्षेत्रमा समाज परिर्वतनमा होमिएका व्यक्तित्वहरु प्रकाश सिंह कार्की, यस बहादुर राई, आङदावा शेर्पा, उद्धव कुमार शर्मा, केशव गिरी लगायतको अभिनय रहेको छ ।

 

Comments

comments

सम्बन्धित शीर्षकहरु