सोलुखुम्बुलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न पहल गर्छु : सिंचाई मन्त्री साउद

बिक्रम श्रेष्ठ, सोलुखुम्बु जेष्ठ १०–
सिंचाइ मन्त्री एन पी साउदले भुकम्प प्रभाबित सोलुखुम्बुलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न पहल गर्ने आश्वासन दिएका छन् । रिपोर्टस क्लब सोलुखुम्बुले आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री साउदले जिल्लाको क्षतिका बारेमा यथेष्ट जानकारी नआएका कारण गएको मन्त्रीपरिषद बैठकहरुमा संकटग्रस्त क्षेत्र घोषणा गर्न नसकिएको दाबी गरे । सोलुखुम्बुका झण्डै १० हजार घरहरु पुर्ण रुपमा ध्वस्त भएको र त्यत्ति नै संख्याका घरहरुमा आशिक क्षति पुगेकोबारे प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले अबगत गराएपछि आगामी मन्त्रीपरिषद बैठकबाट सोलुखुम्बुलाई संकटग्रस्त क्षेत्र बनाउन पहल गर्ने मन्त्री साउदले आश्वासन दिएका हुन् ।
मन्त्री साउदले बैशाख २० गतेको भुकम्पले जिल्लामा ठुलो धनजनको क्षति भएको भन्दै राहत बितरण कार्यलाई अझ प्रभाबकारी बनाउने बताए । त्यसका लागि जिल्लाका सबै पक्षबाट समेत संकटग्रस्त क्षेत्र घोषणा गर्न सुझाब आएकोले सोही मुताबिक मन्त्रीपरिषदमा प्रस्ताब लैजाने उहाले बताए ।
साथै राष्ट्रिय समहतिको सरकार गठन गर्न सरकार सधै तयार रहेको मन्त्री साउदले बताए । मन्त्रीमण्डल नयाँ गठन गर्ने भन्दा पनि हालको मन्त्री मण्डललाई बिस्तार गर्ने भनाइ राखे । हालको मन्त्री मण्डलनै परिबर्तन नगरि बिपक्षी दलका रुपमा रहेका पार्टीलाई पनि मनत्रीपरिषदमा समाबेश गरि राष्ट्रिय सरकार गठन गर्ने जानकारी दिए । तत्कालका लागि प्रधानमन्त्री नै परिबर्तन गर्ने संभाबना नरहेको प्रष्ट पारे ।
भुकम्पबाट क्षति ग्रस्त सोलुखुम्बुको अनुगमन गर्न आउनुभएका मनत्री साउदले खर्च बढि हुने भएकोले दुर दराजका क्षतिग्रस्त गाउँमा जान नपाएको बताए । जिल्लाका सरोकारवालाहरु संग जिल्लाको हालको अबस्थाका बारेमा बुझीरहेको बताए ।
मन्त्री साउद हिजो जुनबेशी क्षेत्र जानुभयो भने आज जिल्लाको नेले तथा देउसा गएका छन् । सो गाबिसहरुमा भुकम्पले पुर्याएको क्षति तथा राहत बितरणका बारेमा अनुगमन गर्न त्यस तर्फ गएका हुन् । यता एक फरक प्रसंगमा नेपाली काग्रसका नेता समेत हरनुभएका मन्त्री साउदले भुकम्पले देश संकटपुर्ण अबस्थामा रहेको भए पनि आगामी भदौमा हुने पार्टीको महाधिबेशन पछि नसर्ने जानकारी दिनुभयो ।
भुकम्पका कारण सोलुखुम्बुमा ४ बिदेशी नागरिक सहित २२ जनाको ज्यान गयो भने ८ हजार ८ सय ८५ घर पुर्ण रुपमा ध्वस्त भएका छन् । १० हजार भन्दा बढि घरहरुमा आंशिक क्षति पुगेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु