सोलुखुम्बुमै पिसिआर परिक्षणको व्यवस्था मिलाउन सोलुदुधकुण्ड युथ क्लबको माग

सोलुखुम्बु, भदौ २८


सोलुदुधकुण्ड युथ क्लबले सोलुखुम्बुमै पिसिआर परीक्षणको व्यवस्था मिलाउन माग गरेको छ ।

कोरोना महामारीको संक्रमणका कारण लाखौले ज्यान समेत गुमाएको अवस्थामा सोलुखुम्बुमा नै मेसिन खरिद गरि पिसिआर परीक्षणको व्यवस्था मिलाउन माग गर्दै क्लबले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी शाहीलाई बुझाईएको ध्यानाकर्षण पत्रमा लामो तथा छोटो दुरीमा सञ्चालन हुने सार्वजनिक तथा निजि सवारी साधनमा स्वास्थ्य सुरक्षाका सामाग्री अनिवार्य गर्न, जिल्ला भित्रिने मानिसलाई अनिवार्य पिसिआर परिक्षणको रिपोर्ट पेश गर्ने व्यवस्था मिलाउन, बजारमा म्याद नाघेका दैनिक उपभोग्य सामाग्री तथा महंगो मुल्यमा स्वास्थ्य सुरक्षाको सामाग्री विक्रि भईरहेको अवस्थामा बजार अनुगमन गर्न, रेफर गरिएको विरामीलाई बाहिर लैजानका लागि सहज वातावरण सिर्जना गर्न, जिल्लामा ईन्टरनेटको पहुँच नपुगेका स्थानमा ईन्टरनेटको व्यवस्था गरि अनलाईन कक्षालाई प्रभावकारी बनाउन माग गरिएको क्लबका अध्यक्ष क्षितिज मोक्तानले जानकारी दिए ।

निमित्त प्रमुख जिल्ला अधिकारी शाहीले यस विषयमा जिल्लाका सरोकारवाला व्यक्तिसँग छलफल तथा परामर्श लिएर योजना बनाईने प्रतिक्रिया दिइन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!