सोलुखुम्बुमा ३ महिनासम्म पुग्ने खाद्यान्न मौज्दात

सोलुखुम्बु,चैत्र १६

सोलुखुम्बुका बजारमा दैनिक उपभोग्य सामाग्रीको अभाव नभएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । बाहिरी जिल्लाहरुमा खाद्य संकट हुन सक्ने अनुमान गरिएको समयमा सोलुखुम्बुमा दैनिक उपभोग्य सामाग्रीहरु ३ महिना सम्म पुग्ने मौज्दात रहेको छ ।

हिमाली जिल्ला भएकाले यहाँ तरकारी खासै उत्पादन नहुने भएकाले बाहिरी जिल्लाबाट तराकारीजन्य बस्तु आयातमा रोक लगाएको छैन् । हिमाल एफ.एम सँग कुरा गर्दे सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शाहीले सल्लेरी, नेले लगायतका स्थानमा पर्याप्त खाना पकाउने ग्यास रहेको बताइन् ।

उनले बजारमा कुनै पनि व्यापारीले दैनिक उपभोग्य सामाग्रीको बढि मुल्य लिएको थाहा पाए जिल्ला प्रशासन कार्यालयमा खबर गर्न अपिल समेत गरिन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!