सोलुखुम्बुमा २ वटा नयाँ जातका कुखुरा भित्राईए, कृषकहरुलाई ७ हजार ५ सय कुखुरा बितरण ।

images (1)भोजेन्द्र बस्नेत,
चैत्र ११ –

जिल्ला पशुसेवा कार्यालय सोलुखुम्बुले २ वटा नयाँ जातको कुखुरा जिल्लामा भित्राएको छ । कार्यालयले अण्डामा आत्मनिर्भर तथा पारिवारिक स्तरमा पोषण सुरक्षा कार्यक्रम अन्तर्गत अष्ट्रालोप र न्यू हेन्पासयर गरी २ जातका ४ हजार ९ सय २२ वटा कुखुरा आज जिल्ला भित्राएको जिल्ला पशुसेवा कार्यालय सोलुखुम्बुका प्रमुख लेखराज दाहालले जानकारी दिनुभयो ।

मासु र अण्डा दुवै उत्पादनका लागि उपयुक्त यो कुखुराको मासु तथा अण्डा यहाँको स्थानीय जातकै स्वादको हुने प्रमुख दाहालको भनाई छ । यि कुखुरा यस अघि नै जिल्ला पशुसेवा कार्यालय मार्फत गठन भईसकेका १० वटा पशु सेवा समुह समिति मार्फत २ सय घरधुरी कृषकलाई निशुल्क बितरण गरिने कार्यालयले जनाएको छ । यस्तै कार्यालयले कुखुरासँगै खोर निर्माणका लागि प्रतिघर ६ हजार अनुदान समेत बितरण गर्ने जनाएको छ ।

यस्तै पशुसेवा कार्यालयले गिरिराज जातको २ हजार ६ सय कुखुरा पनि ल्याएको छ । ति कुखुरा ५ वटा पशुसेवा महिला समुह समिति मार्फत १ सय घरधुरी कृषकलाई बितरण गरिने र यो जातका कुखुरासँगै प्रतिघर १० केजी दाना तथा प्रतिसमुह एउटा दाना बनाउने मेसिन समेत बितरण गरिने कार्यालय प्रमुख लेखराज दाहालले जानकारी दिनुभयो ।

दुबै जातका गरी ७ हजार ५ सय कुखुरा जिल्लाका ३ सय घरधुरी कृषकहरुले प्राप्त गर्ने छन् । यो बृहत् कार्यक्रमवाट जिल्लामा अण्डा तथा कुखुराको मासु उत्पादनमा कृद्धि भई पोषण स्थितीमा सुधार र आम्दानीको श्रोत दुबै बढ्ने कार्यालयले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु