सोलुखुम्बुमा स्वास्थ्य विमाको उद्घाटन (फोटोफिचर)

शिखर गजरकोटे
सोलुखुम्बु, २५ असोज

सोलुखुम्बुमा स्वास्थ्य विमाको उद्घाटन गरिएको छ । सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले स्वास्थ्य विमा गरेर जिल्लामा शुरुवात गरिएको हो ।

मेयर शेर्पाको स्वास्थ्य विमाको लागि विमा फारम भर्दै दर्ता सहयोगी

८ स्थानीय तह रहेको सोलुखुम्बुका खुम्बुपासाङ ल्हमू गाउँपालिका वाहेकका स्थानीय तहमा स्वास्थ्य विमाको काम आजैवाट रफ्तारमा अघि बढ्ने जिल्ला समन्वयकर्ता प्रदिपबाबु बस्नेतले बताउनुभयो । ५२ वडा रहेको जिल्लामा हरेक वडामा एक जना दर्ता सहयोगी छनौट गरि विमाको कामलाई तिव्रता दिने भनिएपनि खुम्बुपासाङल्हमू गाउँपालिकामा विमाको काम शुरु गर्न नसकिएको विमा समन्वयकर्ता बस्नेतको भनाई रहेको छ । उक्त गाउँपालिकामा पनि छिट्टै स्वास्थ्य विमाको काम शुरु गर्ने कोशिसमा रहेको बताईएको छ ।

स्वास्थ्य विमा समन्वयकर्ता प्रदिपबाबु बस्नेत

सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारी खनालले स्वास्थ्य विमाको शुरुवातिले आर्थिक अवस्था कमजोर परिवारलाई स्वास्थ्य उपचारमा राहत मिल्ने भएकाले विमाको कामलाई स्थानीय स्तरसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारी खनाल

मेयर नाम्गेल जाङबु शेर्पाले विमित व्यक्तिहरुको उपचारका लागि तोकिएका स्वास्थ्य संस्था तयारी अवस्थामा रहन आग्रह गर्नुभयो । तोकिएको स्वास्थ्य सेवा प्रवाहमा चनाखो हुनुपर्नेमा जोड दिदै मेयर शेर्पाले गलत सन्देश प्रवाहवाट सजक हुनुपर्ने बताउनुभयो ।

मेयर नाम्गेल जाङबु शेर्पा

सोलुदुधकुण्ड नगरपालिकाका कार्यकारी अधिकृत ईन्दिरा थापाले गरिब परिवारका ७० बर्ष उमेर पुगेका जेष्ठ नागरिकको स्वास्थ्य विमा नगरपालिकाले गर्ने गरि नगर सभाले निर्णय गरेकाले ति बृद्धबृद्धाको संख्या संकलनका लागि दर्ता सहयोगीलाई आग्रह गर्नुभयो । अधिकृत थापाले परिवार सदस्य ५ जना भित्र नसमेटिएका बृद्धबृद्धाको हकमा मात्र नगरपालिकाको निर्णय लागु हुने प्रष्ट पार्नुभयो ।

सोलुदुधकुण्ड नगरपालिकाका कार्यकारी अधिकृत ईन्दिरा थापा

जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डा. मिंमार छिरीङ शेर्पाले सर्वसाधरणलाई विमा प्रति आकर्षण गर्ने गरि सेवा प्रवाहमा प्रतिवद्ध रहेको बताउनुभयो । डा. शेर्पाले कमजोर आर्थिक अवस्था भएका परिवारको हक विमा कार्यक्रम अझ प्रभावकारी बन्नेमा जोड दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डा. मिंमार छिरीङ शेर्पा

कार्यक्रममा रेडक्रस सोसाईटी सोलुखुम्बुका सभापति रामकाजी श्रेष्ठ, नागरिक समाजका तर्फवाट कुल नारायण श्रेष्ठले स्वास्थ्य विमाको फाईदा र प्रभावकारीताका बारेमा आ–आफ्ना विचार व्यक्त गरेका थिए ।

स्वास्थ्य विमाका लागि मेयर शेर्पाको तस्विर खिच्दै एक दर्ता सहयोगी
उद्घाटनमा ध्यानकेन्द्रित गरेका दर्ता सहयोगीहरु
स्वास्थ्य विमा गरेपनि मेयर शेर्पाको सानो परिवार

तस्विर-शिखर गजरकोटे

Comments

comments

सम्बन्धित शीर्षकहरु