सोलुखुम्बुमा समाबेशी प्रतिनिधित्व विषयक अभिमुखिकरण, बस्नेत भईन सञ्जालको अध्यक्ष

शिखर गजरकोटे, चैत्र ११ –
अन्तरपाटी महिला सञ्जालकी केन्द्रिय सदस्य तथा पुर्व सांसद कल्याणी रिजालले आगामी माघ भित्र तिनै तहको निर्वाचन भएमात्रै संविधानको सफल कार्यान्वयनको थालनी हुने बताईन् । अन्तरपाटी महिला सञ्जाल सोलुखुम्बुको आयोजनामा महिलाको समानुपातिक समाबेशी प्रतिनिधित्व अभिमूखिकरणको समापनमा बोल्दै पुर्वसांसद रिजालले सामाजिक तथा राजनितिक क्रियाकलापमा महिला पुरुष समानान्तर रुपमा अघि बढ्न सके विकासको गति पनि बदलिने बताईन् ।

कार्यक्रममा बोल्दै सांसद तथा सञ्जालकी केन्द्रिय सदस्य तथा सांसद ममता गिरीले संविधानमा महिलाका अधिकार लिपिवद्ध गराउन महत्वपुर्ण भूमिका खेलेको बताए । एमाले केन्द्रिय सदस्य समेत रहेकी सांसद गिरीले अन्तरपाती महिला सञ्जाल सम्पुर्ण दलको साझा भएकै कारण महिला नेतृहरुको दबाबवाट नै अधिकार प्राप्तीमा सफलता मिलेका बताईन् ।

17498498_1412952102113256_7544096034695137915_n

पुर्व सांसद आङदावा शेर्पाले अझैपनि महिलालाई समाजिक तथा राजनितिक क्रियाकलापमा खुलेर सहभागी बन्न र विचार व्यक्त गर्न सामाजिक बन्धन नै बाधक रहेको बताईन् । तर विकासको क्रम यहि गतिमा अघि बढ्दा पनि अबको केहि दशकमा महिलाहरु पनि शसक्त भएर समाजमा देखापर्ने चुनौति दिईन् ।

समापन कार्यक्रममा बोल्दै जिल्लामा क्रियाशिल राजनितिक दलका नेताहरुले आगामी निर्वाचनमा महिलाहरुलाई पनि उचित अबसर दिने प्रतिवद्धता जनाएका छन् । पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष मनोज कुमार श्रेष्ठले महिलाका पक्षमा संविधान तथा कानुनमा गरिएका व्यवस्थालाई राजनितिक दलहरुले कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए ।

यसैबीच अन्तरपाटी महिला सञ्जालको नेतृत्व परिर्वतन गरिएको छ । नेकपा एमालेको तर्फवाट सुर्य कुमारी सुनुवार अध्यक्ष रहेको सञ्जालको नेतृत्व परिर्वतन गरिएको हो । हरेक एक बर्षमा आलोपालो गर्ने गरि बनाईएको संरचना अनुसार नेपाली कांग्रेसकी टंकीमाया बस्नेत सञ्जालको नेतृत्वमा आउनुभएको हो । बस्नेतको नेतृत्वमा माओबादी केन्द्रको तर्फवाट नेतृ तथा पुर्व सांसद आङदावा शेर्पा उपाध्यक्ष, एमालेको तर्फवाट निर कुमारी राई सचिव र राप्रपाको तर्फवाट कमला राई कोषाध्यक्ष बनेकी छिन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु