सोलुखुम्बुमा समानुपातिक तर्फ कांग्रेस पहिलो

शिखर गजरकोटे
सोलुखुम्बु, २६ मंसिर

सोलुखुम्बुमा समानुपातिक निर्वाचन प्रणाली अन्तरगत नेपाली कांग्रेसलाई पहिलो मत प्राप्त भएको छ । दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा माओबादी केन्द्र रहेको छ । कांग्रेसलाई प्रतिनिधि सभा तर्फ १५ हजार १४८ समानुपातिक मत प्राप्त हुदा प्रदेश सभा तर्फ १३ हजार ४४७ मत प्राप्त भएको छ । गएराति सम्पन्न भएको गणनामा प्रतिनिधि सभा तर्फ एमालेलाई १२ हजार ६६ र प्रदेश सभा तर्फ १० हजार ४५८ मत प्राप्त भएको सहायक निर्वाचन अधिकृत मुरारी वस्थीले जानकारी दिनुभयो ।

त्यस्तै, प्रतिनिधि सभा तर्फ ७ हजार ६७३ र प्रदेश सभा तर्फ ८ हजार ३१ मत प्राप्त गरि माओबादी केन्द्र तेस्रो भएको छ । सोलुखुम्बुमा राप्रपाले पनि समानुपातिक तर्फ सम्मानजनक मत प्राप्त गरेको छ । प्रतिनिधि सभाका लागि ५८५ मत पाएको राप्रपाले प्रदेश सभातर्फ एक हजार ५५५ मत प्राप्त गरेको हो । जिल्लामा नयाँ शक्ति पाटी नेपालले प्रतिनिधि सभा तर्फ ३७६ र प्रदेश सभा तर्फ ४०६ मत पाएको छ ।

यसैबीच, समानुपातिक प्रणाली तर्फ प्रतिनिधि सभा तर्फ ४ हजार ६४९ मत र प्रदेश सभा तर्फ ६ हजार ७६३ म तबदर भएको छ । ६९ हजार ४११ मतदाता रहेको सोलुखुम्बुमा ४१ हजार ४२० मत खसेको थियो । एमाले–माओबादीको तालमेल र मतदाता शिक्षाको कमीले बढि मत बदर भएको हुन सक्ने अनुमान गरिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु