सोलुखुम्बुमा शान्तिपुर्ण मतदान जारी, तिङलामा भोट खसेन

शिखर गजरकोटे
सोलुखुम्बु, १० मंसिर

तिङला वाहेक सोलुखुम्बुका सबै क्षेत्रमा शान्तिपुर्ण रुपमा मतदान भईरहेको छ ।

११८ मतदान स्थल र १२५ मतदान केन्द्र रहेको जिल्लामा तिङला क्षेत्रका ५ मतदान केन्द्र वाहेक सम्पुर्ण मतदान केन्द्रमा शौहार्दपुर्ण वातावरणमा मतदान भईरहेको मुख्य निर्वाचन अधिकृत नारायण सुवेदीले जानकारी दिनुभयो ।

मतदानको समयमा कुनैपनि अप्रिय घटना नभएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक रेशम पराजुलीले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचनमा समेत सहभागी नबनेको तिङलाका स्थानीय प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचन पनि वहिस्कार गरेका छन् । मध्यान्नसम्म एक मत पनि नखसेको सिंहकाली मावि मतदान केन्द्रका मतदान अधिकृत खेमराज भट्टराईले जानकारी दिनुभयो ।

अन्य स्थानमा मतदानका लागि मतदाताहरु आवतजावत बाक्लिदै गरेको अवस्थामा तिङलामा भने सुनसान देखिएको छ । २५७५ मतदाता रहेको तिङलामा ५ वटा मतदान केन्द्र स्थापना गरिएको छ । उनीहरुले प्रशासनिक सुगमताको माग पुरा नभएको भन्दै निर्वाचनमा भाग हुन असहमत जनाएका हुन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु