सोलुखुम्बुमा मानव अधिकार हननका घट्ना घट्दै गएको तथ्यांक सार्वजनिक

शिखर गजरकोटे
सोलुखुम्बु, १६ पौष

ईन्सेक सोलुखुम्बुको तथ्यांकले लैङिगैक हिंसाको घटना घट्दै गएको देखाएको छ । ईन्सेकले सन् १०१६ को तुलनामा सन् २०१७ मा हिंसात्मक घटना कमी रहेको तथ्यांक सार्वजनिक गरेको छ । सल्लेरीमा समिक्षा गोष्ठी गर्दै ईन्सेक प्रतिनिधि पासाङ बम्जनले यो बर्षमा ८७ वटा मानव अधिकार हनन्का घटना घटेको तथ्यांक सार्वजनिक गर्नुभएको हो । त्यसमध्ये ७६ वटा कुटपिटको, बलत्कार प्रयासको ४, बलत्कारको ३, हत्या प्रयास र हत्याको एक/एक वटा घटना रहेका छन् ।

ईन्सेकले सन् २०१६ मा १०६ वटा हिंसात्मक घटना भएको तथ्यांक सार्वजनिक गरेको थियो । ईन्सेक प्रतिनिधि बम्जनले बालबालिकालाई होटल तथा घरमा श्रमिकको रुपमा प्रयोग गराईएको र भुकम्प प्रभावितले अनुदान नपाएको पक्षप्रति आफ्नो ध्यान जान नसकेको स्विकार गर्नुभएको छ । त्यस्तै, सरोकारवाला निकायसंग समन्वयको अभाव भएको समेत ईन्सेक सोलुखुम्बुले स्विकार गरेको छ ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सरस्वति खनालले तथ्यांक संकलन र विश्लेषण संगै चेतना प्रवाह आवश्यक रहेको बताउनुभएको छ । उहाँले ग्रामिण भेगमा रहेका महिला पुरुषमा हिंसात्मक घटनाको प्रभाव तथा अबसरमा बारेमा जानकारी नहुदा पनि हिंसात्मक घटना बढ्दै गएकोमा जोड दिनुभयो । कार्यक्रममा उपस्थित सरोकारवालाले जिल्ला प्रहरी, ईलाका प्रहरी, घरलेस हिंसाका लागि जिल्ला सेवा केन्द्र र सामुदायीक सेवाकेन्द्रहरु, स्थानीय तहमा गठित न्यायिक समिति लगायतका पक्षसंग समन्वय गरेर तथ्यांक संकलन गर्नका लागि सुझाएका थिए ।

कार्यक्रममा घरेलु हिसा प्रभावितका लागि जिल्ला सेवा केन्द्रका माया तामाङले घरेलु हिंसाको घटना बढ्दै गएको बताउनुभएको छ । चालु आर्थिक बर्षको पहिलो चौमासिकमा ५६ वटा हिंसाका घटना दर्ता भएको जानकारी गराउनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु