सोलुखुम्बुमा मतगणना शुरु

सोलुखुम्बु । सोलुखुम्बुमा मतगणना शुरु भएको छ । साँझ ६ बजेर १९ मिनेटमा मतगणना शुरु भएको हो ।

प्रतिनिधी सभाको दुई ठाउँमा मतगणना हुदै छ । प्रदेश सभा ‘क’ को एक ठाउँ र ‘ख’ को एक ठाउँमा मत गणना भैरहेको छ ।

प्रतिनिधी सभातर्फ हुँगा आधारभूत विद्यालय सोताङ र सोताङ आधारभूत विद्यालय खहरे एक ठाउँमा मत गणना शुरु भएको छ । हुँगामा ४ सय ४५ मत र खहरेमा ५ सय ३६ मत खसेको छ ।

त्यसैगरी प्रतिनिधी सभाकै अर्को तर्फ पञ्चकन्या आधारभूत विद्यालय सोताङ र चेपेल आधारभूत विद्यालयको मतगणना शुरु भएको छ । पञ्चकन्यामा ३ सय ५७ र चेपेलमा १ सय ८० मत खसेको छ ।

जिल्लामा ६९,४११ मतदाता मध्ये ४१ हजार ५५१ मत खसेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु