सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जनाको मृत्यु

बिक्रम श्रेष्ठ । भाद्र १२–
भालुको आक्रमणबाट गम्भीर घाईते भएका सोलुखुम्बुका एक बृद्धको मृत्यु भएको छ । जिल्लाको छुस्काम गाबिसको ७ नम्बर वडामा बस्ने बर्ष ६० का हिरा बहादुर राईको मृत्यु भएको हो । बुधबार दिउसो करिब १ बजे स्थानिय लिवा नामक नर्सरी जंगलमा दाउरा संकलनका लागी गएका ती बृद्धलाई भालुले आक्रमण गरि गम्भीर घाइते बनाएको थियो । दाहिने कोखामा गम्भीर चोट लागेको उनको आफ्नै घरमा आज बिहान करिब ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यलय सोताङका प्रहरी निरिक्षक नाराण गौतमले जान दिएका छन् । दाउरा संकलनका लागी उनी एक्लै जंगल गएका थिए । घटनास्थलबाट सोताङ स्वास्थ्य चौकी करिब ६ घण्टाको दुरीमा रहेको तथा भारी बर्षाका कारण बिरामीलाई स्वास्थ्य चौकी पुर्याउन नसकिए पछि गएको रात उनलाई घरमै राखीएको थियो । यसैबिच पर्यटकिय क्षेत्र खुम्जुङमा लेक लागेर एक जना नेपालीको मृत्यु भएको छ । भरियाको रुपमा काम गर्ने सोलुखुम्बुकै वाकु २ का बर्ष ४० लाका जोङवाङ खालिङ राईको खुम्जुङ ७ स्थीत टासिदेलेक होटलमा बुधबार बिहान करिब ७ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यलय नाम्चेका प्रहरी सहायक निरिक्षक भोजराज रखालले जानकारी दिनुभएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!