सोलुखुम्बुमा बढ्यो चुनावी सरगर्मी, उम्मेदवारी घोषणामा माओबादी अगाडी, एमाले संगठन निर्माणमा, काँग्रेस आन्तरिक विबादले ग्रस्त

भानुभक्त निरौला, २६ चैत्र ।
सोलुखुम्बुमा पनि स्थानीय चुनावको सरगर्मी बढेको छ । करिब दुई दशक पछि हुन लागेको निर्वाचनको माहौल बनाउन राजनैतिक दलका नेता तथा कार्यकर्ताहरु लागि परेका छन् भने स्थानीय तहबारे जनताको चासो समेत बढेको छ ।

चुनावको मिति नजिकिएसँगै छिटपुट रुपमा मात्र गाउँमा झुल्किने नेताहरु पनि निरन्तर गाउँ जान थालेका छन् । चुनावका लागि राजनैतिक दलहरुले उम्मेदवारी घोषणा गर्ने र सम्भावित उम्मेदवारको बारेमा आन्तरिक छलफललाई तिब्रता दिएका छन् ।

हालसम्म उम्मेदवारी घोषणामा नेकपा माओबादी केन्द्र अगाडी देखिएको छ भने अन्य दलले उम्मेदवारलाई हालसम्म अन्तिम रुपम दिएका छैनन् । ८ वटा स्थानीय तह रहेको सोलुखुम्बुमा माओबादी केन्द्रले ३ वटा ईकाइमा उम्मेदवार घोषणा नै गरिसकेको छ भने अन्यमा घोषणाको अन्तिम तयारी भैरहेको नेताहरुले बताएका छन् ।

नेकपा एमालेको भने प्रदेश कमिटिले मात्रै उम्मेदवारको अन्तिम टुंगो लगाउने भएकाले हालसम्म नाम बहारि आउन नसकेको हो । उम्मेदवार तय नभए पनि प्रमुख पदका सबै आंकाँक्षी भने जनतासँग घर दैलो अभियानमा लागेका छन् । अधिकांश ईकाइमा नयाँ सम्रचना अनुसार कमिटि विस्तारमा एमाले केन्द्रित बनेको छ ।

यता १३ औँ जिल्ला अधिबेशनको आन्तरिक लफडामा फसेको नेपाली काँग्रेसमा भने जिल्ला स्तरमा टिकट बाँड्ने संयन्त्रको टुंगो नलाग्दा अन्योलता बढेको छ । जिल्ला अधिबेशनको सवालमा देखिएको विबाद र छानबीनका लागि केन्द्रले बनाएको समितिले जिल्लामा आएर स्थलगत जानकारी लिए पनि स्थानीय चुनावमा टिकट कस्ले बाँड्ने भन्ने अन्यौलता काँगे्रेसमा कायामै रहेको छ । काँग्रेस नेता बलबहादुर केसी पक्ष र आङगेलु शेर्पा पक्ष दुबै आ–आफ्नै तवरमा प्रचार प्रसारमा लागेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!