सोलुखुम्बुमा बढ्दै जबरजस्तीकरणीका मुद्दा

अनुज खड्का सोलुखुम्बु, माघ ०९ ।

आर्थिक वर्ष ७३÷७४ को तुलनामा चालु आर्थिक बर्षमा सोलुखुम्बु जिल्लामा जबरजस्ती करणी सम्बन्धी अपराध बढेको छ । गत वर्ष जबरजस्तीकरणीको एउटा मात्रै मुद्दा दर्ता भएपनि यस बर्ष भने बर्ष नसकिदै जबरजस्तीकरणी सम्बन्धीको ५ ओटा मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भैसकेका छन । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी निरिक्षक प्रधुम्न अधिकारीका अनुसार जिल्लामा अहिले बलत्कारका घटनामा बृद्दि भैरहेको छ । त्यस्तै सोलुखुम्बुमा झुन्डिएर आत्महत्या गर्नेहरुको संख्या पनि उत्तिकै रहेको छ । गतवर्ष मात्रै २८ जनाले झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । यो आर्थिक वर्षमा भने अहिलेसम्म १४ वटा घटना झुन्डिएर आत्महत्या गरेको तथ्यांक रहेको छ ।
यसलाई नियन्त्रण गर्न प्रहरीले सकेको पहल गरिरहे पनि नियन्त्रण गर्न नसकिएको अधिकारीले बताउनु भयो । जिल्ला प्रहरी कार्यालयको जानकारी अनुसार जिल्लामा यस वर्ष बलत्कारका घटनामा समेत बृद्धि आएको हो । अन्य अपराधका घटनाहरु भने गतवर्षको तुलनामा यो वर्ष कमी आएको उहाको भनाई छ । गतपर्ष भबितब्यमा ७१ वटा दर्ता भएका थिए भने यो वर्षको अहिलेसम्म २४ वटा भबितब्यजन्य घटना दर्ता भएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु