सोलुखुम्बुमा फेरि बालविवाहको घटना दोहोरिदै, के भन्छन्, सरोकारवाला !

भुपेन्द्र पौडेल/शिखर गजरकोटे
सोलुखुम्बु, १४ बैशाख

सोलुखुम्बुमा बालविवाह हुन लागेको घटना बाहिरिएको छ । थुलुङ दुधकोशी गाउँपालिका ४ जुबुमा एक दलित परिवारकी १८ बर्षिया किशोरीको विवाह यहि बैशाख १६ गते देउसाका एक शिक्षक संग हुन लागेको घटना बाहिर आएको हो ।

गत फागुन २४ गते महिला दिवसको दिन जुबुमै हुन लागेको विवाह प्रहरी, महिला विकास र स्थानीय जनप्रतिनिधिको संयुक्त पहलमा तत्कालका लागि रोकिएको दुई महिना नवित्दै पुनः अर्को घटना बाहिरएको छ ।

कानुनले बालविवाहलाई बर्जित गरेपनि पटक पटक यस्ता घटना दोहोरिनुले सरोकारवाला माझ चुनौति थपिएको छ । बालविवाह रोक्नका लागि वडा सदस्य देउमाया राईले कोशिस गरेपनि आफू एक्लो बनेको बताउनुभयो ।

उता, गाउँपालिका अध्यक्ष असिम राईले अविभावकलाई बालविवाह रोक्न आग्रह गरेको जानकारी दिनुभयो । अध्यक्ष राईले स्थानीय जनप्रतिनिधिलाई समेत विवाह रोक्नका लागि पहल गर्न निर्देशन दिएको बताउनुभयो ।

महिला विकास अधिकृत रश्मी श्रेष्ठले पटक पटक हुने बालविवाहको घटना न्यूनिकरणका लागि जनप्रतिनिधि सक्रिय हुनुपर्नेमा जोड दिदै महिला माथी हुने हिंसालाई अन्त्य गरिनुुपर्ने बताउनुभयो ।

त्यस्तै, प्रहरी नायव उपरिक्षक रेशम पराजुलीले घटनालाई रोक्नका लागि सरोकारित पक्षसंग समन्वय भईरहेको र प्रहरी टोली खटाएको बताउनुभयो ।

के रोकिएला बालविवाह ?

Comments

comments

सम्बन्धित शीर्षकहरु