सोलुखुम्बुमा पनि सामुदायीक वन राष्ट्रिय दिवस मनाईयो, निजि वनधनि र सामुदायीक वन पुरस्कृत ।

शिखर गजरकोटे,
सोलुखुम्बु, श्रावण २७

जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक वीर कुमार राईले जथाभावी रुख काट्ने कार्यलाई रोक्नुपर्ने बताउनुभयो । सामुदायीक वन राष्ट्रिय दिवसको अबसरमा सामुदायीक वन उपभोक्ता महासंघ नेपाल र जिल्ला वन कार्यालय सोलुखुम्बुको आयोजनामा शुक्रबार भएको कार्यक्रममा संयोजक राईले निजि वन भएपनि वातावरणलाई प्रतिकुल पार्ने किसिमले रुख काटुन नहुने बताउनुभयो । उहाँले सामुदायीक बनको अबधारणाले वातावरणीय सन्तुलनमा भूमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले निजि वनवाट काटिसकिएको काठ निकासी रोक्नु गलत भएको बताउनुभएको छ । मेयर शेर्पाले वन फडाँनीको नाममा निजी सम्पत्ति माथी अंकुश लगाउनु राम्रो नभएको भन्दै काटिसकिएको काठलाई निकासी खुला गरि आगामी दिनमा काठ कटानका लागि कडाई गर्न सकिने बताउनुभयो । साथै, उहाँले केन्द्र सरकारले जारी गर्ने वन ऐनलाई टेकेर नगरपालिकाले पनि वन विकासको निति निर्धारण गर्ने बताउनुभयो ।

सहायक वन अधिकृत कृष्ण बहादुर थापाले वन विकास र संरक्षणमा स्थानीय तहले पनि साझेदारी गर्नुपर्ने बताउनुभयो । दिवसको अबसरमा अर्की सहायक वन अधिकृत प्रज्ञा पौडेलले उपस्थित सरोकारवालाहरुलाई जिल्लामा सामुदायीक वनको अवस्था विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सामुदायीक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघका अध्यक्ष पेम्बा शेर्पाको अध्यक्षतामा सम्पन्न गरिएको हो ।

निजि वन धनि र सामुदायीक वनलाई पुरस्कार

सामुदायीक वन राष्ट्रिय दिवसको अबसरमा सोलुखुम्बुमा निजि वन धनि र सामुदायीक वन उपभोक्ता समूहहरु पुरस्कृत भएका छन् ।

निजि वन धनितर्फ शान्त तामाङ प्रथम हुनुभएको छ भने पासाङनिमा शेर्पाले द्धितीय पुरस्कार हात पार्नुभएको छ । त्यस्तै, इन्दु शेर्पाले तृतीय पुरस्कार प्राप्त गर्नुभएको छ । उनीहरुलाई क्रमश ः ८ हजार ६ हजार ५ सय र ५ हजार ५ सयको साथमा प्रमाण–पत्र प्रदान गरिएको छ ।

त्यस्तै, दिवसकै अबसरमा जिल्ला वन कार्यालयको मुल्यांकनको आधारमा साप्छा सामुदायीक वन उपभोक्ता समूह प्रथम, छुवा सामुदायीक वन उपभोक्ता समूह द्धितीय र सुर्केविखे सामुदायीक वन उपभोक्ता समूह लिखुपिके तृतीय भएको छ । ति सामुदायीक वनलाई ८ हजार, ६ हजार ८ सय र ५ हजार ७ सय नगदको साथमा प्रमाण–पत्र प्रदान गरिएको छ ।

सोलुखुम्बु जिल्लामा हाल १८९ वटा सामुदायीक वन दर्ता भएका छन् ।

दिवसकै अबसरमा बृक्षारोपण

सामुदायीक वन दिवसको अबसरमा जनजागृती मावि सल्लेरीको प्राङगणमा करिब एक सय धुपिका विरुवा रोपिएको सामुदायीक वन उपभोक्ता महासंघ नेपाल सोलुखुम्बुका महासचिब गान्धिमाया तामाङले जानकारी दिनुभयो ।

वन महासंघका पुर्वअध्यक्षलाई कदरपत्र

दिवसको अबसरमा सोलुखुम्बुमा सामुदायीक वन उपभोक्ता महासंघ नेपाल सोलुखुम्बुका पुर्व अध्यक्षहरुलाई कदरपत्र प्रदान गरिएको छ । यसअघि जिल्ला वन महासंघको नेतृत्व सम्हालेका आङङिमा लामा र टंकीमाया बस्नेतलाई योगदानको सम्मान गर्दै कदरपत्र प्रदान गरिएको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु