सोलुखुम्बुमा पनि विश्व दृष्ट्रि दिवस

शिखर गजरकोटे
सोलुखुम्बु, असोज २६

सोलुखुम्बुमा पनि विश्व दृष्ट्रि दिवस मनाईएको छ ।

जिल्ला सामुदायीक आँखा केन्द्र फाप्लुको आयोजनामा जिल्ला कारागारमा निशुल्क आँखा शिविर संचालन गरिएको छ । कारागारका ५९ जना कैदीबन्दीको आँखा परिक्षण गर्नुका साथै १० जनालाई चस्मा वितरण गरिएको आँखा स्वास्थ्य कार्यकर्ता दिनेश राईले जानकारी दिनुभयो ।

दिवसको अबसरमा आँखा केन्द्रमा आँखाका समस्या लिएर आएका ६ बर्ष मुनिका बालबालिका र ६० बर्ष माथीका जेष्ठनागरिकको दर्ता र उपचार निशुल्क गरेको आँखा स्वास्थ्य कार्यकर्ता राईको भनाई छ । साथै, आमनागरिकको चेतनाका लागि सल्लेरी आसपासका क्षेत्रमा पर्चा, पम्पलेट टाँस्ने काम गरिएको छ ।

दिवसको अबसरमा विद्यालय भर्ना गर्न अघि, मधुमेह तथा उच्च रक्तचाप भएका व्यक्ति, ४० बर्ष पुगेका व्यक्तिले चिकित्सकको सल्लाहमा नियमित आँखा जाँच गर्न सामुदायीक आँखा केन्द्र सोलुखुम्बुले अपिल गरेको छ ।

अहिले सामुदायीक आँखा केन्द्र फाप्लुमा आँखा पाक्ने, चिलाउने, आँशु बग्ने, कचेरो बस्ने लगायतका समस्या बाक्लो रुपमा देखिएको आँखा स्वास्थ्य कार्यकर्ता दिनेश राईले बताउनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु