सोलुखुम्बुमा पनि ‘प्रहरी हाम्रो टोलमा’ अभियान शुभारम्भ

शिखर गजरकोटे
सोलुखुम्बु, ६ असोज

सोलुखुम्बुमा पनि ‘प्रहरी हाम्रो टोलमा’ अभियानको शुभारम्भ गरिएको छ । जिल्ला प्रशासन कार्यलयको आयोजनामा एक कार्यक्रम गरि मूलुकभर एकैसाथ शुरु गरिएको अभियान सोलुखुम्बुमा पनि ‘शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी प्रशासन’ नारा सहित जिल्लामा ¥याली र अवधारणा सार्वजनिक गरि अभियानको शुरुवात गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रेशम पराजुलीले अभियानको अवधारणा विषयमा प्रस्तुती दिनुभएको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख वीर कुमार राईले सामाजिक अपराध न्यूनिकरणका लागि जनता पनि सचेत हुनुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र्र थापाले अभियानले समुदायमा शान्ति सुरक्षा अमन–चयन स्थापना गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । स्थानीय विकास अधिकारी कृष्ण सापकोटाले स्थानीय स्तरको कानुन कार्यान्वयन गर्न र दण्डहिनतालाई कम गर्दै न्याय व्यवस्थापनका लागि अभियानले सहयोगीको भूमिका खेल्न सक्ने बताउनुभयो ।

सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना नाछिरिङ राईले शान्तिसुरक्षा र शुसासनका लागि नागरिकले आफ्नो कतव्र्य निर्वाह गर्न सके मात्र अभियान सफल बन्न सक्नेमा जोड दिनुभयो । प्रहरीको भूमिका महिला विकास अधिकृत रश्मी श्रेष्ठले महिला तथा बालबालिका माथी हुने हिंसाजन्य क्रियाकलाप अन्यका लागि ‘प्रहरी हाम्रो टोलमा’ अभियान सहि सावित हुने बताउनुभयो ।अन्तरपाटी महिला सञ्जालकी अध्यक्ष टंकीमाया बस्नेतले सामाजिक तथा पारिवारिक भैझगडाको अन्य हुने विश्वास राख्दै नागरिकले प्रहरीलाई साथी मानेर सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रहरी प्रशासनलाई जन–उत्तरदायी बनाउदै शान्ति सुरक्षामा नागरिकको सहभागीता बृद्धि गर्ने अभियानको लक्ष्य राखिएको छ भने ‘एक प्रहरी एक टोल’ को अवधारणा अनुसार अभियानलाई अघि बढाईने छ । बर्षभरि संचालन गरिने अभियानले नागरिक, प्रहरी र प्रशासनबीचको सम्बन्धलाई बलियो बनाउने, समाजमा हुने अपराधजन्य क्रियाकलापको न्यूनिकरण गर्ने, शान्ति सुरक्षा कार्यमा स्थानीयको अपनत्व बढ्ने र नागरिक चेतनामा बृद्धि हुने अपेक्षा राखिएको छ । कार्यक्रममा नेपाल प्रहरी, जिल्लास्तरका सरकारी कार्यालयका प्रमुख, व्यवसायी, स्थानीयहरुको सहभागीता रहेको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!