सोलुखुम्बुमा दुइ थान अल्लो प्रशोधन प्रबिधि भित्रियो

राधा ढुंगाना
सोलुखुम्बु, २० बैशाख

अल्लो कपडाका लागि प्रख्यात मानिएको सोलुखुम्बुको छेस्कामका लागि उद्योग मन्त्रालयले दुइ थान अल्लो प्रसोधन प्रबिधि उपलब्ध गराएको छ ।

अल्लोको पटेक क्षेत्रको रुपमा रहेको छेस्काममा दुइ थान प्रसोधन प्रबिधि उपलब्ध भएको घरेलु तथा साना उद्योग बिकास समितिका उद्योग अधिकृत चेतनाथ घिमिरेले जानकारी दिए । उक्त प्रबिधि अहिले सदरमुकाम सम्म ढुवानी गरिएको छ । अधिकृत घिमिरेले भने, ‘अब छिटै गाउँमा पुर्याएर उद्यमीहरुलाइ हस्तान्तरण गरिने छ ।’

१४ लाख ५० हजार लागतमा दुइ थान प्रसोधन प्रबिधि मन्त्रालयले खरिद गरि उपलब्ध गराएको हो । दुबै प्रबिधि छेस्काममै राखिने छ । अल्लो उत्पादकहरुलाइ पायक पर्ने गरि दुइ स्थानमा राखीने अधिकृत घिमिरेले जानकारी दिए । उक्त प्रबिधि राख्न भौतिक संरचना निर्माण गर्न ६ लाख बजेट रहेको उनले बताए ।

प्रबिधि अभाबमा यस क्षेत्रमा उत्पादन हुदै आएको अधिकांश अल्लो छिमेकी जिल्ला संखुवासभा निकासी हुदै आएको छ भने यहाँका उत्पादकहरुले परम्परागत औजार कतुवाको प्रयोग गर्दै आएका थिए । प्रबिधि मगाएको धेरै बर्ष बितिसकेको भन्दै सरकारबाट सर्बाेत्कृष्ट अल्लो उत्पादक घोषीत बिमलकुमारी राइले भनिन्, ‘अब हामीलाइ अल्लोको कपडा बनाउन समस्या हुनेछैन, अरु जिल्लाका साथीहरुले भन्दा गुणस्तरिय अल्लो उत्पादन गर्नछौँ ।’

गरिबि निबारण कोष, घरेलु तथा साना उद्योग बिकास समिति र समुदायको समेत ४६ लाख ९२ हजार ९ सय २५ रुपैयाँ बजेटमा अल्लो पकेट क्षेत्रमा उद्यमी उत्पादनका लागि गतिबिधि पनि संचालन भइरहेको छ । कोषको बजेटबाट अल्लो पाखरीहरुलाइ अल्लोको उत्पादन, प्रसोधन र प्रयोगका बारेमा सिप प्रदान भइरहेको साझेदार पहाडी बिकास तथा सरक्षण समुहको गरिबि निबारण कार्यक्रम संयोजक सोभीत कुलुङले जानकारी दिए ।

गरिबि निबारण कोषको कार्यक्रम संचालन भए पछि ८ सय ९ घर परिवार रहेको यहाँ एक सय ५० भन्दा बढि घरका किसानले सामुहिक तथा ब्यक्तिगत रुपमा अल्लो खेतीमा संलग्न छन् । २१ परिवार अल्लोको कपडा बुन्ने कार्यमा संलग्न छन् । यहाँका ९ सय ६१ जना ब्यक्तिलाइ अल्लोबाट लाभान्वीत बनाउने उद्यश्य सहित काम भइरहेको कुलुङको भनाइ छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु