सोलुखुम्बुमा चोरीको मोटरसाईकल फेला

सोलुखुम्बु ।
index

ओखलढुंगा सोलुखुम्बु सडकखण्ड अन्र्तगत सोलुखुम्बुको गार्मा ७ मा एउटा चोरीको मोटरसाईकल फेला परेको छ ।

ट्राफिक प्रहरिको नियमित चेक जाँचको क्रममा गत मंगलबार शंकास्पद रहेको ना २२ प ८२०५ नम्बरको २२० सिसिको निलो मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

शंकास्पद सो मोटरसाईकलको बारेमा यातायात ब्यबस्था बिभाग नारायणीमा पत्रचार गर्दा चोरीको मोटरसाईकल भएको पत्ता लागेको ट्राफिक ईन्चार्ज भेषराज थापाले जानकारिी दिनुभयो ।

सो मोटरसाईकलबारे थप अनुसन्धान गर्न धनीको खोजीकार्य भईरहेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु