सोलुखुम्बुमा चट्याङ लागेर २ को मृत्यू

indexसोलुखुम्बु, फागुन २३ –

सोलुखुम्बुमा शुक्रबार साँझ परेको चट्याङ लागेर दुई जनाको ज्यान गएको छ ।

शुक्रबार साँझ करिब ६ बजे परेको चट्याङबाट सोताङ ६ थुलुका बर्ष ३१ का बुद्धिबीर तामाङको घरैमा निधन भएको हो भने सोताङ ६ नै घर भएका बर्ष १९ का कि–तेम्बा तामाङको गुदेल ९ मा निधन भएको हो ।

कितेम्बा ज्याला मजदुरी गर्न गुदेल ९ का रामकाजी तामाङको घरमा पुगेका थिए । ४२ बर्षिय रामकाजी तामाङ भने सख्त घाइते भएका छन् । त्यस्तै अर्का १७ बर्षिय सन्त बहादुर तामाङ पनि घाइते भएका छन् ।

यसैबीच, चट्याङ लागी वा बिपतको समयमा मृत्यु भएमा सरकारले ४० हजार रुपैयाँ रकम दिने ब्यबस्था गरेको छ । मृत्यु भएको परिवारले राहत माग गरि ब्यबस्था अनुसार ४० हजारको दरले रकम दिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!