सोलुखुम्बुमा गाउँपालिकाको स्काभेटरमा आगजनी

सोलुखुम्बु/३ चैत्र ।
सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकाले सडक खन्न प्रयोग गरेको स्काभेटरमा गएराति आगजनी भएको छ । गाउँपालिकाले सडकको ट्रयाक खन्ने प्रयोजनका लागि भाडामा लिएको कोबेल्को कम्पनीको नयाँ स्काभेटरमा गएराति अज्ञात समुहले आगजनी गरेको हो । मुक्लिको बास्बोटेमा पार्किङ गरि छोडिएको २२० सिसिको नयाँ स्काभेटरमा मध्यराती आगजनी हुँदा मेसिनपूर्ण रुपमा ध्वस्त भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । मेशिनमै आगजनी गर्नु विकास विरोधी आपराधिक मानसिक्ता भएको अध्यक्ष राईले प्रतिक्रिया दिनुभयो ।
९६ लाख रुपैँया पर्ने उक्त मेसिनमा कस्ले आगजनी गरेको हो भन्ने कुरा अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक रेशम पराजुलीले बताउनु भयो । जिल्लामा पहिलो पटक भएको स्काभेटर आगजनीको घटनाको सुष्म रुपमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु