सोलुखुम्बुमा करिब ७० हजार मतदाता

सोलुखुम्बु, २३ असोज
सोलुखुम्बुमा करिब ७० हजार मतदाता रहेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । जिल्लामा ३५ हजार १ सय ३८ पुरुष र ३४ हजार २ सय ८४ महिला गरी जम्मा ६९ हजार ४ सय २२ जना मतदाता रहेको कार्यलयका सुचना अधिकारी जगन्नाथ दाहालले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनसम्म ६१ हजार ७ सय ४६ मतदाता संख्या रहेका जिल्लामा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आउनै लाग्दा ७ हजा्र भन्दा बढि संख्यामा मतदाता थपीएका छन् । जस अन्तर्गत प्रदेश नम्बर १ मा १८ हजार ९ सय ८६ पुरुष र १८ हजार १ सय ८३ महिला गरी जम्मा ३७ हजार १ सय ६९ को संख्यामा मतदाता रहेको कार्यलयले जनाएको छ । प्रदेश नम्बर २ मा १६ हजार १ सय ५२ पुरुष र १६ हजार १ सय १ महिला गरी जम्मा ३२ हजार २ सय ५३ मतदाता संख्या रहेको निर्वाचन अधिकृत खिमादेवि लङवाले बताईन ।

Comments

comments

सम्बन्धित शीर्षकहरु