सोलुखुम्बुमा करिब ६० प्रतिशत मतदान, तिङलामा ‘नो’ भोट

हिमाल एफ एम,
सोलुखुम्बु, १० मंसिर

स्थानीय तहको तुलनामा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा हिमाली जिल्ला सोलुखुम्बुमा निकै कम मात्रामा मतदान भएको छ ।

आईतबार सम्पन्न मतदानको क्रममा जिल्लाभरमा ५९ दशमलव ०२ प्रतिशत मात्र मतदान भएपछि अघिल्लो चुनावको तुलनामा १३ प्रतिशतले कम मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ६९ हजार ६ सय ११ मतदाता रहेको जिल्लामा ४१ हजार ३ सय ८५ मत खसेको हो ।

गत असार १४ गते सम्म निर्वाचनमा ७३ प्रतिशत मत खसेपनि यो निर्वाचनमा मतदाताको निराशाजन सहभागिता भएको हो । अघिल्लो निर्वाचनमा उम्मेदवार धेरै भएर धेरै मतदान भए पनि यो पटकको चुनावमा गाउँघरसम्म उम्मेदवारको उपस्थिति नभएकै कारण पनि भोट खसाउने मतदाताको संख्या कमि भएको विश्लेषण गरिएको छ । अधिकांश मतदाता जिल्ला बाहिर रहेका कारण पनि कम मतदान भएको हुन सक्ने आँकलन गरिएको छ ।

यसैविच, मतदान सकिएसँगै आजै मतपेटिकाहरु जिल्ला सदरमुकाम ल्याउने काम शुरु भएको छ । नजिकका मतदानकेन्द्रहरुबाट मतपेटिकाहरु सवारी सधान तथा पैदल मार्फत सल्लेरी ल्याउन थालिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिनुभयो । खुम्बु क्षेत्र र दुर्गमका मतपेटिकाहरु निजि क्षेत्रका हेलिकप्टर मार्फत ल्याउनका लागि सहमतिको प्रयास भईरहेको जनाईएको छ । सदरमुकाम ल्याईएको मतपेटिकाहरु जिल्ला समन्वय समितिको समिक्षालय हलमा राखिने जनाईएको छ ।

तिङलामा ‘शुन्य’ भोट

सोलुखुूम्बुका तिङलाबासीले निर्वाचन वहिस्कार अभियान सफल पारेका छन् । प्रशासनिक सुगमताको माग पुरा नभएकाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सहभागी नभएका हुन् ।

गत चैत्र १ गतेवाट आन्दोलन शुरु गरेका तिङलाबासीले गत असार १५ मा भएको स्थानीय तहको निर्वाचनमा पनि ‘नो भोट, नो क्यानिडेट’ अभियान सफल पारेका थिए ।

जिल्ला निर्वाचन कार्यालयले तिङला क्षेत्रमा स्थापना गरेको ५ वटा मतदान केन्द्रमा एक भोट पनि नखसेको बताएको छ । मतदान पुर्वको सर्वदलीय वैठक रमतदाता परिचयपत्र वितरण कार्यत्रमा समेत सहभागी नबनेका तिङका स्थानीय मतदानका लागि केन्द्र नपुगेको सिंहकाली मावि मतदान केन्द्रमा खटिएका खेमराज भट्टराईले बताउनुभयो । साविकको गाविस रहेको तिङलामा २ हजार ५ सय ७५ मतदाता रहेका छन् ।

राज्य पुनंसंरचनाको क्रममा अपायक क्षेत्र नेचासल्यान गाउँपालिकामा गाभेको भन्दै महिनौ देखि आन्दोलन गर्दै आएका तिङलाली सुगमताका सिावले सोलुदुधकुण्ड नगरपालिकामा समाबेश हुन चाहेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु