सोलुखुम्बुमा उम्मेद्धार छनौटमा एमाले र माओबादी अघि, कांग्रेस भित्र गुटकै कारण सकस

हिमाल एफ एम,
सोलुखुम्बु, १० बैशाख,

नेकपा एमाले सोलुखुम्बुले जिल्लाको ५ गाउँपालिकाको प्रमुख, उप–प्रमुखको उम्मेद्धारको नाम टुंग्याएको छ ।

प्रचार विभाग सचिब जगनाथ बास्तोलाका अनुसार सोताङ गाउँपालिका प्रमुखमा वीरबहादुर राई र उपप्रमुखमा लक्ष्मी बस्नेत, दुधकौशिका गाउँपालिका प्रमुखमा श्यामकुमार राई र उपप्रमुखमा कल्पना बस्नेतको नाम छनौट गरेको हो ।

यस्तै दुधकोशी गाउँपालिका प्रमुखमा बुद्धिकिरण राई, उपप्रमुखमा जुनिता मगरलाई उम्मेदवार बनाएको छ भने खुम्बु पासाङ ल्हमु गाउँपालिका प्रमुखमा ङिमदोर्जी शेर्पा, उपप्रमुखमा टासील्हमु शेर्पा र लिखु पिके गाउँपालिका प्रमुखमा पोष्टकुमार कार्की र उपप्रमुखमा पल्मु शेर्पालाई उम्मेदवार बनाएको छ ।

नेचा सल्यान गाउँपालिका प्रमुखमा ३ आकांक्षि भएपछि डुफकुमार बास्तोला, कुमार अधिकारी र लोचन कुमार शर्माको नाम प्रदेश कमिटीलाई सिफारिस गरिएको छ भने उपप्रमुखमा सबिना राईलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

महाकुलुङ गाउँपालिकाको उम्मद्धार भने केहि दिन मै टुंगो लगाउने एमालेले जनाएको छ । उता एक मात्र नगरपालिकामा आकांक्षि धेरै भएपछि मेयरमा ७ जना र उपमेयरमा ४ जनाको नाम प्रदेश कमिटीलाई सिफारिस गरिएको छ ।

यसैबीच, बैशाख ३१ गतेको स्थानिय तहको निर्बाचन आउन २१ दिन मात्रै बाँकी रहँदा सोलुखुम्बुका राजनितिक दलहरुलाइ उमेदवार छनौट टुगो लगाउन सकस भएको छ । जननिर्बाचित सांसद समेत रहेको नेपाली काग्रैस पार्टीले अहिले सम्म नगरपालिका देखि कुनै पनि गाउँपालिकामा आफ्नो उमेदवार छान्न सकेको छैन भने एमालेले पनि अहिले सम्म ५ स्थानिय तहमा मात्रै आफ्नो उमेदवार टुंगो लगाएको छ । माओबादी केन्द्रले नगरपालिका सहित ५ स्थानिय तहमा उमेदवारको छिनोफानो गरेको छ ।

नेकपा माओबादी केन्द्रले सोलु–दुधकुण्ड नगरपालिकाको मेयरको उमेदवारमा निमा तेण्डुप शेर्पा र र उप मेयरका लागि निमा गेल्मु लामालाइ उमेदवार चयन गरी चुनाबी अभियानमा मत माग्न ब्यस्त बनेको छ । माओबादी बाहेक अरु कुनै पनि दलले नगरपालिकाको उमेदवार छनौट गरेको छैन । एमालेमा उमेदवारको आकांक्षि आधा दर्जन पुगे पछि छनौटका लागि माथिल्लो तह प्रदेश कमिटिलाई सिफारिस गरेको छ । मेयर पदका लागी ७ जना नेताहरु आङदामी शेर्पा, रामकाजी श्रेष्ठ, बच्चु नारायण श्रेष्ठ, दोर्जीजाङबु लामा, डाक बहादुर राणापाल, वीर उदास श्रेष्ठ, र सन्तोष मगरको नाम सिफारिस गरेको छ । त्यस्तै उपमेयरका लागि ४ जना महिला नेतृहरुको नाम सिफारिस गरेको छ । जसमा कल्पना राई, याङडी लामा सुर्य कुमारी सुनुवार र मोहन कुमारी कार्कीको नाम छ ।

त्यस्तै, सोताङ गाउँपालिकामा माओबादी केन्द्रले मात्रै आफ्नो उमेदवार घोषणा गरेको छ । उक्त गाउपालिका प्रमुखमा नेता सैमान राई र उप प्रमुखमा तारा राईलाई अघि सारेको छ । यता दुधकौशिका गाउँपालीकामा पनि माओबादीले मात्रै आफ्नो उमेदवार टुंगो लगाएर चुनाबी तयारी स्वरुप भोट माग्न उमेदवाहरु गाउँ प्रबेश गरेका छन् । प्रमुखमा असिम राई र उप प्रमुखमा मेनुका गिरीलाई अघि सारेको छ । उता महाकुलुङ गाउँपालिकामा पनि माओबादी केन्द्रले मात्रै उम्मद्धोर घोषणा गरेको छ । प्रमुखमा सागर किराती र उपप्रमुखमा झरना किरातीको नाम घोषणा गरिएको हो ।

दुधकोशी गाउँपालिकामा एमाले र माओबादी दुबै पार्टीले उमेदवार घोषणा गरिसकेको छ । उता खुम्बु पासाङ ल्हमु गाउँपालिकामा पनि एमाले उमेदवार घोषणा गरिसकेको छ । माओबादीले आन्तरिक रुपमा अध्यक्षका लागि संयोजक नाम्गेल शेर्पा र उप प्रमुखमा फाक्दीङकी फु शेर्पालाई उमेद्धारी बनाउने पुर्ण तयारी गरे पनि घोषणा भने गरिएको छैन । उता डाँडापारीको क्षेत्र लिखुपिके गाउँपालिकाको प्रमुख र उप प्रमुखको उम्मेदवारमा एमाले माओबादी दुबैले उमेदवार टुंगो लगाइसकेको छ । काग्रेस भने पार्टी भित्रको गुटगत राजनितिकका कारण उमेदवार छनौटमा पछि परेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!