सोलुखुम्बुमा अनुदानको चामलप्रति उपभोक्ताको आकर्षण घट्दो

अनुज खड्का
सोलुखुम्बु, १८ पौष

सोलुखुम्बुमा सरकारी अनुदानको चामल प्रति उपभोक्ताको आकर्षण घट्दै गएको छ ।

नेपाल खाद्यन्न संस्थान सोलुखुम्बुले बिक्री गर्दै आएको बजारको चामलको भन्दा अनुदानको चामलको मुल्य बढि भएपछि उपभोक्ताको आकर्षण घटेको हो ।

संस्थानले बिक्री गर्दै आएको जिरा चामलको मुल्य प्रतिकेजी ५७ रुपैया नब्बे पैसा छ भने बजारमा सोहि प्रकृतिको चामल प्रति केजी ५३ रुपैया ४० पैसामा विक्रि भैरहेको छ । उपभोक्तालाई पाएक नपर्ने, ढुवानी समस्या र खर्चको झन्झटका कारण पनि अनुदानको चामल प्रयोगमा कमी आएको खाद्यन्न संस्थानका प्रमुख शम्भु प्रसाद रेग्मीले बताउनुभयो ।

ग्रामिण सडकको बिस्तार संगै गाँउमै सवारीेले सस्तो दरमै खाद्यान्न पु¥याउन थालेपछि उपभोक्ताहरुले स्थानिय बजारबाटै चामल खरिद गरि प्रयोग गर्दै आएका छन् ।

आर्थिक वर्ष २०७४/७५ मा ५०७ क्वूटल चामल सोलुखुम्बु खाद्यान्न संस्थानमा भित्रिए पनि जम्मा २७१ क्वूटल चामल मात्र विक्रि भएको संस्थान प्रमुख रेग्मीले बताउनुभयो । त्यस्तै, गत आर्थिक वर्षको ६ क्विन्टल चामल स्टक रहेको थियो भने अहिले खाद्यान्न संस्थानमा २४० क्विन्टल चामल स्टक रहेको छ ।

कार्यालय प्रमुख रेग्मीका अनुसार जिल्लाको सोताङ र लुक्ला क्षेत्रमा एक/एक वटा विक्रि डिपो रहेपनि ३ बर्ष देखि निष्क्रिय रहेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु