सोलुखुम्बुमा अदुवा–वेसार जोन कार्यक्रमको क्षेत्र निर्धारण, किवि जोनका लागि प्रस्ताव

शिखर गजरकोटे,
सोलुखुम्बु, कात्तिक १८

सोलुखुम्बुमा अदुवा–वेसार जोन कार्यक्रम संचालनका लागि क्षेत्र छनौट गरिएको छ ।

शनिबार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन ईकाइ खुमलटारको आयोजनामा भएको जोन निर्धारण तथा सरोकारवालाहरुबीच भएको अन्तरक्रियाले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका, सोताङ गाउँपालिका र थुलुङ दुधकोशी गाउँपालिकाको वडा नं ३,४,५ र ९ मा अदुवा –वेसार जोन कार्यक्रम संचालन गर्ने गरि क्षेत्र निर्धारण गरिएको छ ।

वितेको २ बर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत साविकको नेले, काँगेल र पन्चनमा अदुवा–वेसार ब्लक कार्यक्रम संचालनमा रहेपनि जोन कार्यक्रम संचालनका लागि गरिएको प्रस्ताव कृषि मन्त्रालयले स्विकृत गरेको थियो । कार्यान्वयन ईकाई कहाँ राख्ने भन्ने बारे कुनै छलफल नभएको सुन्तला जोन कार्यान्वयन ईकाईका सूचना अधिकारी माधव राउतले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिका संयोजक वीर कुमार राईको अध्यक्षतामा बसेको वैठकले किवि खेतिको जोन कायक्रमका लागि पनि क्षेत्र निर्धारण गरि प्रस्ताव गरिएको छ । जिल्लाको थुलुङ दुधकोशी, माप्य दुधकोशी, नेचासल्यान गाउँपालिका, खुम्बुपासाङल्हमू गाउँपालिकाको वडा नं १,२ र ३ का साथै सोलुदुधकुण्ड नगरपालिका क्षेत्र प्रस्ताव गरिएको छ ।

अन्तरक्रियामा संघीय सांसद हेम कुमार राई ‘सुरवीर’, प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगर लगायतको सहभागीता रहेको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!