सोलुखुम्बुको सोताङको प्राथमिक स्वास्थ्य केन्द्र ३ महिना देखि डक्टर बिहिन

बिक्रम श्रेष्ठ सोलुखुम्बु, १२ असार – सोलुखुम्बुको सोताङमा प्राथमिक स्वास्थ्य केन्द्र ३ महिना देखि डक्टर बिहिन हुदा कोशी पारिका बिरामी उपचारबाट बंचीत बनेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका चिकित्सक डेन प्रसाद आचार्य थप अध्ययनका लागि काठमाडौा गएको ३ महिना बित्दा समेत अर्काे चिकित्सकको ब्यबस्था नगर्दा स्वास्थ्य केन्द्रको सेवा पुर्ण रुपमा प्रभाबित भएको हो । अहिले उक्त स्वास्थ्य केन्द्र अहेब र अनमीको भरमा चलिरहेको छ । गम्भीर प्रकृतीका बिरामीहरुको उपचारका लागि अन्यत्र लैजानु पर्ने बाध्यता कोशीपारिको बासिन्दामा छ ।
तर सोताङ बुङ, छेस्काम, गुदेल, वाकु, लगायतका ८ गाबिसको नागरिकको उपचारको केन्द्र रहेको उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा अर्काे चिकित्सकको ब्यबस्था गर्न अझै ४ महिना लाग्ने स्वास्थ्य कार्यलयले जनाएको छ । स्वास्थ्य कार्यलय फाप्लुका प्रमुख रोशनलाल चौधरीले हामीसंग कुरा गर्दै आगामी दशौ सम्म नयाँ चिकित्सकको ब्यबस्था गर्न नसकिने बताउनुभयो । डा आचार्यको दरबरन्दीमा अर्काे चिकित्सक ल्याउन समय लाग्ने उहाको भनाइ छ ।

तर प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले केही दिनमै चिकित्सकको ब्यबस्था गर्ने बताउनुभएको छ । स्वास्थ्य मन्त्रालय र बिभागसंग भोली नै कार्यलय खुले लगत्तै कुरा गर्ने बताउदै प्रजिअ शर्माले ३ महिना सम्म सर्बसाधरणले सेवा नपाएको भन्दै अबको केही दिनमै चिकित्सकको ब्यबस्था गर्ने बताउनुभएको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु