सोलुखुम्बुको माप्यदुधकोसीका स्थानीय हाट बजार बन्द

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, चैत्र १०


सोलुखुम्बुको माप्यदुधकोसी गाउँपालिकाले बाहिरी जिल्लाबाट आएका नागरिकलाई ३ दिन सेल्फ क्वारेन्टाईनमा बस्न आग्रह गरेको छ ।

गाउँपालिकाको गत आईतबार बसेको बैठकको निर्णयअनुसार राजधानि वा अन्य क्षेत्रबाट आएका नागरिकलाई सेल्फ क्वारेन्टाईनमा बस्न र साबुन पानीले हात धुन आग्रह गरिएको हो ।

विश्व भर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमण जोखिम कम गर्नका लागि सर्वसाधरण भिडभाड हुने स्थानिय बजार समेत बन्द गरिएको छ ।

गाउँपालिकाको काकँु आईतबार र बासामा सोमबार लाग्दै आएको साप्ताहिक हात अर्को निर्णय नहुन्जेल सम्मका लागि बन्द गरिएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!