सोलुखुम्बुको बासामा जारी स्वास्थ्य शिविरमा सर्वसाधारणको उत्साहपूर्ण सहभागीता


शिखर गजरकोटे
सोलुखुम्बु, १ कात्तिक ।
सोलुखुम्बुको दुधकोशी गाउँपालिका ३ बासामा जारी शिविरमा एक हजार १२२ जनाले स्वास्थ्य सेवा लिएका छन् । दाँत, आँखा, कान, छाला, बच्चा तथा आमा र जनरल सम्बनिध परिक्षण तथा उपचार शिविरमा पहिलो दिन २३८, दोस्रो दिन ४३६ र अन्तिम दिन आज ४४८ जना सर्वसाधारणले सेवा लिएको सहकर्मी ललित कार्कीले जानकारी दिनुभयो । द स्माल वल्र्ड (टिएसडब्लु) को आयोजनामा भएको शिबिरमा १७३ जनाले दन्त र ७२० जनाले आँखा, कान, छाला सम्बन्धि सेवा लिएका छन् । त्यस्तै, २६९ जना बालबालिकाको पनि स्वास्थ्य परिक्षण तथा उपचार गरिएको छ । शिविर संचालनको उद्देश्य पुरा भएको शिविर संयोजक सोनाम डोका शेर्पाले जानकारी दिनुभयो । आयोजक संस्थाले एक हजार भन्दा बढि सर्वसाधारणलाई सेवा दिने बताएको थियो । शिविरमा जिल्लाको दुधकोशी गाउँपालिका र खुम्बुपासाङल्हमू गाउँपालिकाका सर्वसाधारणले सेवा लिएका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु