सोलुखुम्बुको फाप्लु विमानस्थलमा हवाई उडानमा बृद्धि


हिमाल एफ.एम, सोलुखुम्बु, ३१ असोज ।

सोलुखुम्बुको फाप्लु विमानस्थलमा हवाई उडानमा बृद्धि भएको छ । मौसममा आएको सुधारसँगै उडानमा बृद्धि भएको एटिसि असफिसर अमृत कुमार चौरसीयाले वताउनुभएको छ । हाल दैनिक विभीन्न कंम्पनीका हवाईजहाज र हेलिकप्टरले दैनिक वीस वटा विमानले उडान भर्दै आएका छन् । विशेषगरि सल्लेरीबाट पदमार्ग हुदै लुक्ला जान चाहने पर्यटकहरुको संख्या वढ्दै गएपछि पर्यटकको चाप समेत वढ्को एटिसी चौरसीयाले वताउनु भएको छ ।

पछिल्लो केहि समय यता मौसममा सुधार आएसंगै उडानको संख्या पनि वाक्लीएको नागरिक उडड्यन प्राधिकरण फाप्लुले जनाएको छ । यससंगै फाप्लु क्षेत्रमा रहेका होटलव्यवसायी पनि व्यस्त वन्न थालेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु