सोलुखुम्बुको नेलेका आगोलागि पिडितहरुलाई जिविसले राहत प्रदान गर्ने

भानुभक्त निरौला ।असार १६–
गत जेठ २ गते सोलुखुम्बुको नेले बजारमा भएको आगलागिबाट मृतक तथा पिडित परिवारलाई जिल्ला विपद ब्यवस्थापन समितिले बुधबार राहत वितरण गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी उद्धबप्रसाद तिमल्सिनाको अध्यक्षतामा आज बसेको जिल्ला विपद ब्यवस्थापन समितिको बैठकले मृतक परिवारलाई २५ हजार, घरजलेका वा आगोनियन्त्रणका क्रममा भत्काईका घरका ७ जना घरधनिहरुलाई १० हजारका दरले राहत रकम उलिब्ध गराउने निर्णय गरेको छ । यसका साथै सो अगलागिमा परि धनमाल गुमाएका व्यपार व्यवशायीहरुलाई २ हजारका दरले राहत दिईने छ भने सोही घटनाको लागि जिल्ला विकास समितिले पनि छुट्टै राहत वितरण गर्ने भएको छ । आज जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षिय सर्वदलीय बैठकले एक लाख सम्म क्षति भएकाहरुलाई तीन हजार, १ लाखदेखि १० लाखसम्म क्षति भएकाहरुलाई ५ हजार र १० लाख भन्दा माथि क्षति भएका परिवारलाई १० हजार रकम राहत स्वरुप जिविसले प्रदान गर्ने समेत निर्णय गरेको छ । सो संयुक्त राहत रकम बुधबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सरोकारवाला र राजनैतिकदलहरुको टोलीले नेलेबजारमा एक कार्यक्रमको आयोजना गरि पिडितहरुलाई हस्तान्तरण गर्ने कार्यक्रम समेत तय गरिएको छ । आजकै बैठकले जिल्लाका विभिन्न ठाउँमा हुने विपद पछि गरिने राहत संकलनलाई जिल्ला विपद व्यवस्थापन समिति मार्फतनै एकद्धार प्रणालीबाट गरिने निर्णय गरेको छ ।
जिल्लाका विभिन्न स्थानमा आगलागिका घटनामा बृद्धि भएको भन्दै दमकलको व्यवस्थापनका लागि विभिन्न दातृ निकायसँग माग गर्ने र सोको सुसञ्चालनको लागि जिविसको आन्तरिकश्रोतबाट एक जना चालक र एक जना सहयोगी राख्ने समेत बैठकले निर्णय गरेको छ । बैठकमा स्थानीय विकास अधिकारी लक्ष्मण ढकालले विपद ब्यवस्थापनका लागि जिविसले छुट्टै कार्ययोजना बनाउने समेत बताउनु भयो । सो क्रममा नेपाली काँग्रेसका जिल्ला सभापति आङगेलु शेर्पाले दमकलको ब्यवस्थ ागर्नका लागि आफुले दातृ निकायसँग माग गर्ने बताउनु भयो भने एमाओबादीका उपाध्यक्ष महेश किराँतीले विपद पिडितहरुलाई राहत प्रदान गर्ने कुरामा सबै दृढ भएर लाग्नु पर्नेमा जोड दिनुभयो । आजकै बैठकले जिल्ला बन कार्यालयको अगुवाईमा ३४ सै गाविसमा अग्निनियन्त्रणकहरुको उत्पादन गर्नका लागि आवश्यक तालिम प्रदान गर्ने र सदरमुकाममा अग्नि नियन्त्रणका लागि दुई स्थानमा पानी ट्यांक निर्माण गर्ने र रेडक्रसको पहलमा ५० वटा वाटर ब्याग खरिद गर्ने पनि निर्णय गरेको छ । बैठकले जलउत्पन्न प्रकोप नियन्त्रण विभागको सोलुखुम्बु लगायत अन्य जिल्ला हेर्ने कार्यालय जनकुपरमा रहँदा योजनाको प्रभावकारी संचालनमा समस्या उत्पन्न भएको भन्दै योजना सम्झौता, अनुगमन मुल्यांकन र फरफराकमा सहजताका लागि सोलुखुम्बु जिल्लामै सव डिभिजन कार्यालयको व्यवस्था गर्न सम्बन्धि निकायमा माग गर्ने समेत निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उद्धबकुमार तिमल्सिेनाले जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु