नेचासल्यानमा २४ घण्टे स्वास्थ्य सेवा,१२ वेडको क्वारेनटाईन

सोलुखुम्बु, चैत्र १६

कारोना भाइरस (कोभिड १९) संक्रमणको रोकथामका लागि सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले सम्पुर्ण स्वास्थ्यबाट २४ घण्टे स्वास्थ्य सेवा शुरु गरेको छ ।

भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि गाउँपालिका भित्र संचालनमा रहेका एक प्राथमिक स्वास्थ्य केन्द्र सल्यान, नेचा सामुदायिक अस्पताल र नेचावतासे र वेतघारी स्वास्थ्य चौकी घण्टै सेवा प्रवाहका लागि खुला राख्न शुरु गरेको गाउँपालिकाले जनाएको छ ।

नागरिकले आवश्यक परेको बेलामा स्वास्थ्य सेवा, परामर्श लिन सक्ने गरि जनशक्ति परिचालन गरिएको छ भने औषधी र सामाग्रीको व्यवस्थापन गरिएको स्वास्थ्य शाखा संयोजक यूवराज शर्माले जानकारी दिए ।

यस्तै गाउँपालिकाले दुई स्थानमा १२ वेडको क्वारेनटाईन निर्माण गरेको छ । बाहिरी जिल्ला अथवा वैदेशीक रोजगारबाट आएका व्यक्ति र कोरोना भाईरस संक्रमणको आंशङका गरिएका व्यक्ति राख्नका लागि सल्यान स्थित प्राथमिक स्वास्थ्य केन्द्र र नेचा सामुदायिक अस्पतालमा ६–६ बेडको क्वारेनटाईन्न् स्थापना गरिएको स्वास्थ्य शाखा संयोजक युवराज शर्माले जानकारी दिए ।

त्यस्तै गाउँपालिका भित्रका बैदेशिक रोजगारबाट फर्किका व्यक्ति सेल्फ क्वारेनटाईनमा बसरिहेको भएपनि उनिहरुको स्वास्थ्य अवस्था बारे जाँचबुझ गरिएको छ ।

वडास्तरमा स्वास्थ्यकर्मी र जनप्रतिनिधिको टोलीले उनिहरुको अवस्थाबारे जाँचबुझ गर्न थालिएको शर्माको भनाई छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!