सोलुखुम्बुको नेचामा प्राङगारिक तथा नमुना कृषि सिकाई केन्द्रको उद्घाटन

सोलुखुम्बु, साउन १५


सोलुखुम्बुको नेचामा प्राङगारिक तथानमुना कृषि सिकाई केन्द्रको उद्घाटन गरिएको छ ।

नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले वडा नम्बर ५ स्थित लिस्पुङमा रहेको सञ्जीवनी प्राङगारिक तथानमुना कृषि सिकाई केन्द्रको उद्घाटन गरे ।

प्राङगारिक मल प्रयोग गरि अगार्निक तरकारी तथा फलफुल उत्पादनमा जोड दिनका लागि सिकाई केन्द्रले सहयोग गर्ने अध्यक्ष बास्तोलाको विश्वास छ ।

गत आर्थिक वर्षको बजेटबाट निर्माण गरिएको सिकाई केन्द्रमा पालिकाका किसान त्यहाँ गएर तरकारी तथा फलफुल खेतिबारे प्रयोगात्मक रुपमा सिक्न सक्ने वडा नम्बर ५ का वडाध्यक्ष राजनकुमार राईले बताए ।

प्राङगारिक मल निर्माण, फलफुल तथा तरकारीका बेर्ना उत्पादन र घाँस उत्पादनबारेसिकाईमा कृषिप्राविधिकले सहजिकरण गर्नेछन् । चालु आर्थिक वर्षमासिकाई केन्द्रलाई थप व्यवस्थित गर्न गाउँपालिकाले २५ लाख बजेट बिनियोजन गरेको छ ।

हाल सिकाई केन्द्रमा ५ वटा प्लाष्टिक टनेल लगाईएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कुमारीदेवी शर्मा, गाउँपालिकाका प्रबक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष धर्मध्वज खत्री, कृषक डिबि किराँती लगायत स्थानीयको उपस्थिती रहेको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!