सोलुखुम्बुको तिंलामा भएको जीप दुर्घटनामा ७ को मृत्यू

भानुभक्त निरौला/ असार १५,सोलुखुम्बु । सोलुखुम्वुको सल्यानबाट सल्लेरी आउँदै गरेको वोलेरो जिप सोलुदुधकुण्ड नगरपालिका ११ तिंलाको महादेव भीरमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । जीप दुर्घटनामा घटनास्थलमै ६ जना र फाप्लु अस्पतालमा उपचारको क्रममा १ जना गरि ७ जनाको मृत्यू भएको हो ।
को १ज १८६० नम्वरको जिप विहान करिव ७ वजे साविकको तिंङला १ महादेव भिरबाट करिब १ किलोमटर तल खोल्सामा झरि दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परि नेचा सल्यानगाउपालिकाको महेन्द्रदोय माविमाकार्यरत लेखापाल ३५ बर्षिय उर्मिला वास्तोला, सोहिगाउपाकिला वडा नं २ खाल्पाकी बर्ष २५ की शुशिला खड्का, सिराहा घर भई सल्यान रेञ्जपोष्टमा कार्यरत ३६ बर्षिया फरेष्टर शिवकुमार यादव, सोही रेञ्जपोष्टमा बनरक्षक पदमा कार्यरत खोटाङकी २४ बर्षिय कोपिला कार्कीको पनि घटनास्थलमै ज्यान गएको हो । त्यस्तै दुर्घटनामा परि सवारीधनी ओखलढुङगा माम्खा ५ का ४० बर्षिय श्यामकुमार राई र सवारी चालक उदयपुरको शिरिशे ८ का २१ बर्षिय शानतामाङको मृत्यु भएको छ । दुर्घटनामा गंभिर घाइते नेचासल्यानगाउ पालिका खाल्पाकी ७ बर्षिय सुस्मा खड्काको पनिउपचारको क्रममा मृत्यू भएको हो । अप्ठ्यारो भीरमा दुर्घटना भएकाले नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले घण्टौ लगाएर उद्धार गरेका थिए । शवहरुको पोष्टमार्टमको लागि जिल्ला अस्पताल फाप्लुल्याईको छ । दुर्घटनाको कारण अझै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु