सोलुखुम्बुको इंखु खोलामा ७ बर्षिय छोरा सहित एक महिला मृत फेला

सोलुखुम्बु, चैत्र ६ गते – सोलुखुम्बु वाकु ३ का एक महिलाले आफ्नो ७ बर्षिय छोरा सहित खोलामा डुबेर आत्महत्या गरेकी छिन् । बर्ष २९ की सुमित्रा खालिङ राइ र उनका छोरा बर्ष ७ का सागरको शुत्रबार दिउसो पावै र वाकु गाबिसको सिमाना छुट्याउने ठाडो इंखु खोलामा डुबीरहेको अबस्थामा शब भेटिएको हो ।

उनका श्रीमान मणि कुमार राइ रोजगारीका शिलशिलामा बिदेशमा छन् । बिहिबार साँझसम्म घरैमा रहेको गाउलेले बताएका छन् । दुबै जना राती खोलामा हामफालेर आत्महत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । घरमा उनै आमाछोरा मात्रै बस्दै आएका थिए । घरमा ससुराको पहिले नै निधन भइसकेको र सासु आमाले अकृै पुरुषसंग बिबाह गरेकी थिइन् । उनीहरुको दुबैको शब ठाडो खोलाको दहमा डुबेको अबस्थामा सर्बसाधरणले देखे पछि प्रहरीलाइ खबर गरेका थिए ।

महिला तथा बालकको शरिरमा कुनै चोटपटक देखिएको छैन । महिलाको शरिरबाट १० हजार नगद पनि भेटिएको छ । खोलामा टर्च लाइट पनि भेटिएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी नायब उपरिक्षक माधब बुढाथोकीले जानकारी दिनुभयो । आत्महत्या या अरु कुनै कारण बारे थप अनुसन्धान गर्ने उहाले बताउनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु