सोलुखुम्बुका ८ सय विद्यार्थीलाई झोला वितरण

सोलुखुम्बु, चैत्र ७
सोलुदुधकुण्ड नगरपालिका र नेचासल्यान गाउँपालिकाका १४ वटा सामुदायिक विद्यालयका करिब ८ सय विद्यार्थीलाई झोला वितरण गरिएको छ । बुधबार लायन्स क्लब अफ काठमाण्डौ (क्यापिटल) र कांग्रेस नेता तथा समाजसेवी प्रकाश सिंह कार्कीको सहकार्य तथा समन्वयमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई जनही एक वटा झोला वितरण गरिएको हो ।

झोला अभावमा कापीकिताव हातमा च्यापेर या झुण्डाउने झोलामा बोकेर विद्यालय आएका विद्यार्थीहरुले नयाँ झोला पाएपछि सल्यानकी मनिसा बस्नेतले खुसी व्यक्त गरिन् ।

झोलाले विद्यार्थीसंगै आर्थिक अवस्था कमजोर अभिभावकलाई पनि राहत दिलाएको छ । लायन्स क्लब अफ काठमाण्डौ (क्यापिटल)का अध्यक्ष मन्दिरा बस्नेत कार्कीले सानो सहयोग गरेर भएपनि शिक्षा आर्जनमा टेवा पु¥याउने द्येयले झोला वितरणको कार्यक्रम ल्याएको बताईन् ।

अघिल्लो बर्षपनि समाजसेवी प्रकाशसिंह कार्कीको समन्वयमा सोलुखुम्बुका विभिन्न विद्यालयमा ल्यावटप वितरण गरिएको थियो । कार्की भन्छन्, ‘भोकोलाई भोजन दिनुले अर्थ राख्छ ।’ जिल्लाको शिक्षा र स्वास्थ्य निरन्तर सहयोगी काम गरिरहने उनले बताए ।

लायन्स क्लब अफ काठमाण्डौ (क्यापिटल)ले सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाको वरवोट आवि सहित नेचासल्यान गाउँपालिकाको महेन्द्रदोय मावि, महेन्द्रदोय, सरस्वती, बालज्योति, चन्द्रज्योति, बालकन्या, रुङगास्थानी, विष्णुछायाँ, भूमेश्वरी, सगरमाथा, शहिदस्मृती, सरस्वती छितापातल, जनदिव्या र भगवती आविका विद्यार्थीलाई झोला वितरण गरेको हो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!