सोलुखुम्बुका ४ सय बढि विद्यार्थीमा स्वाईन फ्लुको आसंका

राधा ढुंंगाना सोलखम्ब, २ माघ – सोलुखुम्बुका ४ सय बढि विद्यार्थीमा स्वाईन फ्लुको आसंका गरीएको छ ।

जिल्लाको विकट क्षेत्रमा पर्ने महाकुलुङ गाउपालिका —२ स्थित पेल्माङ आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थी सवै एकैपटक बिरामी परेका हुन् । स्वास्थ्यकर्मीहरुले ति विद्यार्थीहरुमा स्वाईन फ्लुको आसंका गरेका छन् ।

५ दिनयता विद्यालयका विद्यार्थीमा एक्कासी ज्वरो आउने, टाउको दख्ने, बान्ता हने, आँखा रातो हुने, आँसु आईरहने, खोकी लाग्ने जस्ता समस्या देखिएको विद्यालयका प्रधानाध्यापक टंक दाहालले बताउनुभयो । विद्यार्थीमा अज्ञात रोगको लक्षण देखिएपछि विद्यालयले बिरामी विद्यार्थीलाई उपस्थीत नहुन भनेको थियो । बाँकी विद्यार्थीमा समेत आज त्यस्तै समस्या देखिएको छ ।

यता,प्राथमिक स्वास्थ्य केन्द्र सोताङ केन्द्रका डक्टर सङडु शेर्पा सहितको टोली उपचारमा खटीइरहनु भएको छ । स्वास्थ्य उपाचारमा खटीनुभएको डक्टर सङडु शेर्पाले ल्याबमा परिक्षण गरेपछि मात्रै समस्या पत्ता लाग्ने बताए । स्वाईन फ्लुको आसंका गरीएपछि इपिडिमियोलोजि तथा रोग नियन्त्रण महासाखाको टोली पनि भोली पेल्माङ आउँदै छ । ल्याव परिक्षणको सामाग्रि सहित एक टोली पेल्माङ आउने जनाईएको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु