सोलुखुम्बुका ३ स्थानीय तहले उठाए लक्ष्य भन्दा बढी राजश्व

राकेश नेपाली
सोलुखुम्बु/साउन १०

आर्थिक बर्ष २०७५/०७६ मा सोलुखुम्बुका ३ स्थानिय तहले लक्ष्य भन्दा बढी राजश्व संकलन गरेका छन् । सोलुदुधकुण्ड नगरपालिका, खुम्बु पासाङल्हामु गाउँपालिका र लिखुपिके गाउँपालिकाले लक्ष्य भन्दा लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न सफल भएका छन् । ४ करोड ५० लाख राजश्व उठाउने लक्ष्य राखेको खुम्बु पासाङल्हामु गाउँपालिकाले ९ करोड बढि १३ करोड ६५ लाख राजश्व उठाउन सफल भएको छ । सोलुदुधकुण्ड नगरपालिकाले ५५ लाख राजश्व उठाउने लक्ष्य लिएकोमा ८५ लाख ४९ हजार राजश्व संकलन गर्न सफल भएको छ । ५५ लाख राजस्व संकलनको लक्ष्य लिएको नगरपालिकाले ३० लाख बढि राजस्व संकलन गर्न सफल भएको छ ।

लिखुपिके गाउँपालिकाले ७ लाख ५६ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा ७ लाख ७ लाख ९६ हजार ५४० राजश्व उठाउन सफल भएको छ । जिल्लाका अन्य स्थानिय तहहरु भने लक्ष्य अनुसारको राजश्व संकलनबाट चुकेका छन् । महाकुलुङ गाउँपालिकाले २० लाख राजश्व उठाउने लक्ष्य लिएकोमा ६ लाख मात्रै संकलन गरेको छ । यद्यपी, वडा तहबाट पनि राजश्वको बिवरण आउन बाँकी रहेकाले यो सङ्ख्या बढ्न सक्ने प्रमुख प्रशासकिय अधिकृत लवुन राईले बताए । नेचासल्यान गाउँपालिकाले राजस्व संकलनको लक्ष्य भेट्टाउन सकेन् । १५ लाख उठाउने लक्ष्य लिएको गाउँपालिकाले १२ लाख मात्र संकलन गर्न सफल भएको अध्यक्ष डुफकुमार बास्तोलाले बताए ।

५ लाख ६० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको माप्यदुधकोशी गाउँपालिकाले ४ लाख ११ हजार मात्र संकलन गर्न सफल भएको छ । यस्तै सोताङ गाउँपालिकाले ७ लाख ५० हजार संकलन गर्ने लक्ष्य मध्ये ६ लाख १९ हजार मात्र राजश्व संकलन गर्न सकेको छ । यता एक करोड ७९ लाख २२ हजार राजस्व संकलनको लक्ष्य लिएको थुलुङ दुधकोशी गाउँपालिकाले ६६ लाख १४ हजार ६०६ रुपैयाँ राजस्व संकलन गरेको छ ।

यसअघि प्रकाशन समाचारमा थुलुङ दुधकोशी गाउँपालिकाको राजस्व सम्बन्धमा सूचना गलत भएकाले सम्पादन गरिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु