सोलुखुम्बुका स्थानीय सरकारले जनसुरक्षा कोषमा लाखौ जम्मा गर्दै, कोष स्थापना लगत्तै खर्च

सोलुखुम्बु, वैशाख २८

कोरोनाभाईरस विरुद्ध लडनका लागि सोलुखुम्बुका स्थानिय सरकारले कोरोना जनसुरक्षा कोषमा लाखौ रकम जम्मा गरेका छन् ।

विश्वव्यापीरुपमा फैलीएको कोरोना भाइरस संक्रमणबाट लाखौको ज्यान गई सकेको अवस्थामा जिल्लाका स्थानीयतहले आई पर्ने समस्या समाधानका लागि कर्मचारी तथा जनप्रतिनिधिको सेवा सुविधा वापतको केही दिन वा महिनाको रकम जम्मा गरेका हुन् ।

नेचसल्यान गाउँपालिकाले २१ लाखको विपद् व्यवस्थापना कोष स्थापना गरेको भए पनि नागरिक उद्धार, खाद्यान्न र औषधि वितरणमा सबै खर्च भएको गाउँपालिकाका प्रवक्ता धर्मध्वज खत्रिले बताए ।

सोलुदुधकुण्ड नगरपालिकाले १० लाखको कोरोना जन सुरक्षा कोष स्थापना गरेको छ । उक्त कोषबाट ८ लाख ४५ हजार भन्दा बढि खर्च भैसकेको नगरपाकिका प्रवक्ता सारदामाया तामाङले बताईन ।

तामाङका अनुसार उक्त रकमबाट स्वास्थ्यकर्मीलाई पिपिई सेट खरिद, क्वारेन्टीन व्यवस्थापन, थर्मलगन लगायतका बस्तु खरिद गरिएको हो ।

लाखौ पैसा कमाई गरे पनि बचत गर्नु ...

सोताङ गाउँपालिकाले १२ लाख ७२ हजारको विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । उक्त कोषबाट हाल सम्म११ लाख ७५ हजार भन्दा बढि खर्च भइसकेको पालिकाका सह–लेखापाल नवराज कट्वालले जानकारी दिए ।

उता लिखुपिके गाउँपालिकाले ५ लाख रुपैयाको जनसुरक्षा कोष स्थापना गरेको छ । उक्त कोषबाट खर्च भएको विवरण यकिन नभएको गाउँपालिकाले जनाएको छ ।

जिल्लाको थुलुङदुधकोशी, माप्यदुधकोशी र महाकुलुङ गाउँपालिकाले पनि लाखौको विपद् व्यवस्थापन कोष स्थापना गरेर पूर्वतयारी र नागरिक उद्धार, औषधी खरिद लगायतका शिर्षकमा खर्च गरेका छन् ।

पर्यटकीय स्थानिय तह खुम्बुपासाङल्हामु गाउँपालिकाले भने कोरोना विपद् कोष स्थापना गरेको छैन ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!